तीन बुँदे सहमती पछि त्रिभुवन विश्वविद्यालयमा पठनपाठन सुचारु

सोमवार, बैशाख २४, २०७५



काठमाडौं । बैसाख १६ गतेबाट विभिन्न माग राख्दै त्रिभुवन विश्वविद्यालयका आंशिक शिक्षकहरुले गरेको अवरोध तीन बुँदे सहमती पछि नियमित पठपाठन सुचारु भएको छ ।

सोमबार त्रिभुवन केन्द्रीय कार्यालयमा प्रिन्सिपल कार्यालय, अनुगमन निर्देशनालय, शिक्षाशास्त्र डिनको कार्यालय,शिक्षाशास्त्र केन्द्रिय विभागका आन्तरिक आंशिक शिक्षकहरुवीच भएको सामूहिक छलफल पछि तीन बुदे सहमती भएको हो ।

सोमबार भएको छलफलमा आज देखि नै शिक्षाशास्त्र केन्द्रीय विभागका अन्तरगतका कक्षाहरु नियमित रुपले सञ्चालन गर्ने, करार मासिक ज्याला दारीको सन्दर्भमा रजिस्टारको कार्यालयकबाट वैसाख ११ गते शिक्षाशास्त्र केन्द्रीय विभागमा करार सेवा नियुक्त गर्ने सम्बन्धमा पठाउका पत्रहरुलाई सच्चाउने अनुरोध गर्ने सहमती भएको त्रिभुवन विश्वविद्यालय प्रिन्सिपलको कार्यालयले जनाएको छ । त्यस्तै शिक्षाशास्त्र केन्द्रिय विभागमा कार्यरत आंशिक प्राध्यापकलाई आन्तरिक करार गर्न अनुमतीका लागि अनुरोध गर्ने सहमती भएको छ ।

यस्तो छ सहमतीपत्र

tu

237 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank janata bank(nari) Janata Bank