त्रिविका आंशिक प्राध्यापकले कक्षा बहिष्कार गर्ने

शनिबार, बैशाख १५, २०७५



काठमाडौँ । नेपाल आंशिक प्राध्यापक संघले दैनिक ज्यालादारीमा काम गरिरहेका आंशिक प्राध्यापकहरूलाई मासिक ज्यालादारी अर्थात करारमा नलगे आन्दोलनमा जाने चेतावनी दिएको छ । शनिबार राजधानीमा आयोजित पत्रकार सम्मेलनमा संघले न्युन ज्यादा दिएर सधैँभरी काममा लगाउने त्रिभुवन विश्वविद्यालयको कार्यशैलीले आफूहरु अन्यायमा परेको भन्दै नियमअनुसार प्राध्यापक नियुक्ति गर्न माग गरेको हो ।

६–६ महिनामा विज्ञापन गरेर क्याम्पसहरूमा प्राध्यापकहरू नियुक्ति गर्नुपर्नेमा आंशिक प्राध्यापक गराउने गरेकोप्रति संघको आपत्ति छ । ‘वर्षौवर्षसम्म सेवा आयोगमा विज्ञापन नखोल्ने र हामी आंशिक प्राध्यापकहरूले दैनिक ज्यालादारीबाट मासिक ज्यालादारीमा मात्र लैजान माग गर्दा स्वतः स्थायी भन्ने अफवाह फैलाएर आंशिक प्राध्यापकहरूको इज्जत मान प्रतिष्ठामाथि खेलवाड गर्दै त्रिविले वौद्धिक शोषण गरिरहेको छ ।’ संघले जारी गरेको विज्ञप्तीमा उल्लेख छ ।

विश्वविद्यालयमा हुने यसप्रकारका वौद्धिक शोषण तत्काल सदाका लागि अन्त्य गरी त्रिविमा स्वच्छ शैक्षिक वातावरण कायम गर्न र आंशिक प्राध्यापक अन्त्य गर्दैै विश्व्विद्यालयमा हुने सबैखाले बेथितीको अन्त्य गर्न संघले जोडदार माग गरेको छ ।

आंशिक प्राध्यापक, त्रिवी र सरकारबिच विगतमा पटकपटक भएका सम्झौता कार्यान्व्यन गर्नसमेत संघले माग गरेको छ । पत्रकार सम्मेलनमा संघका अध्यक्ष डा. महेशकुमार गजुरेलले आफ्ना माग पूरा नभए आंशिक प्राध्यापकहरूले पठन–पाठन, परीक्षा लगायतका त्रिभुवन विश्वविद्यालयले संचालन गर्ने कुनै पनि कार्यक्रममा सहयोग नगर्ने चेतावनी दिए ।

71 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank janata bank(nari) Janata Bank