त्रिवि प्राध्यापक बढुवा विवाद : अख्तियारको निगरानीमा छानबिन

बिहिबार, भदौ ५, २०७६



त्रिभुवन विश्वविद्यालयमा प्राध्यापक बढुवाको अनियमितताबारे अख्तियार दुरुपयोग अनुसन्धान आयोगको निगरानीमा छानबिन शुरु भएको छ।

बढुवामा असन्तुष्ट समूहको उजुरीपछि अख्तियारले विश्वविद्यालय प्रशासनलाई पत्राचार गरी उजुरीमा लगाइएको आरोपमाथि छानबिन गर्न निर्देशन दिएको थियो। सोही निर्देशनबमोजिम त्रिविले छानबिन समितिमार्फत अध्ययन सुरु गरेको छ।

त्रिवि अर्थशास्त्र केन्द्रीय विभागकी प्रमुख कुशुम शाक्यको संयोजकत्वमा तीन सदस्यीय छानबिन समिति गठन गरिएको उपकुलपति प्राध्यापक डा. तीर्थराज खनियाले जानकारी दिए। उक्त समितिमा त्रिविकै कानुनी सल्लाहकार नारायण खनाल पनि सदस्य छन्।

खनियाले भने, ‘अख्तियारको निर्देशनअनुसार छानबिन समिति गठन गरिएको हो। समितिले प्रतिवेदन दिएपछि अख्तियारलाई पठाउँछौं।’ योग्य व्यक्तिलाई पाखा लगाएर आफू निकटलाई प्राध्यापकमा बढुवा गरेको आरोप लगाउँदै असन्तुष्ट सहप्राध्यापकहरूले अख्तियारसहित त्रिविकै पुनरावेदन आयोगमा उजुरी दिएका थिए।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank Janata