बौद्धको मूर्ति तोडफोड गर्नेलाई कार्बाहीकाे माग

शुक्रबार, साउन ३, २०७६



काठमाडौं । ठकुरी सहयोग सञ्जालले शान्तिका दूत गौतम बौद्धको मूर्ति तोडफोड गर्नेलाई कार्बाहीको माग गरेको छ ।

प्रदेश नम्बर ५ को रुपन्देही जिल्लाका विभिन्न स्थानमा रहेका भगवान बौद्धका मूर्ति तोडफोड गरिएको भन्दै सञ्जालले आपत्ती जनाएको छ । ठकुरी सहयोग सञ्जालका कार्यबाहक अध्यक्ष तथा चलचित्रकर्मी अजय मल्ल ठकुरीले राज्यलाई धर्मबाट अलग गर्नु, कुनै पनि धर्मलाई संविधानको मर्म विपरित निषेध गर्ने र धर्म निरपेक्षताको उपहास गर्ने कार्यको भएको बताएका छन ।

उनले भने, हाम्रा सस्कार, सस्कृती रिति रिवाज सबै धर्म संग जोडिएको छ । यी सबै नमासे सम्म धर्म निरपेक्ष राज्य रहन्न तसर्थ यहाँ सडक बढाउन मन्दिर भत्काईन्छ । कृयापुत्री भवन बनाउन पौराणिक सतलमा डोजर चलाईन्छ । गुठी संस्कृति गलत हो भन्छन , बुद्धको सालिक तोडिन्छ । तर पनि सरकार मौन रहेको भन्दै आपत्ती व्यक्त गरे । उनले हिजो हिन्दु राष्ट हुँदा मस्जिद , चर्च , गुम्बा संचालनका निम्ति वार्षिक बजेट छुट्याईन्थ्यो अचेल त्यो शीर्षक नै रहेको र उल्टै धर्म मास्ने कार्य भइरहेको आरोप लगाए ।

यसैबीच घटनाका सन्दर्भमा ठकुरी सहयोग सञ्जाल प्रदेश नम्बर पाँचले समेत घटनाको बारेमा छानविन गर्दै दोषी उपर कडा भन्दा कडा कार्बाहीको माग गर्दै घटनाको भत्र्सना गरिएको प्रदेश ५ का संयोजक संयोग जंग शाहले बताए ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank Janata