पार्टी अध्यक्षबाट ताइवानी राष्ट्रपतिको राजीनामा

आइतवार, मंसिर ९, २०७५



ताइवान । ताइवान राष्ट्रपति त्सई इंग वेनले गत शनिबार लोकतान्त्रिक प्रगतिशील पार्टीको प्रमुखबाट राजीनामा दिने घोषणा गरिन् ।  स्थानिय निर्वाचनामा आफ्नो पार्टीको नराम्रो हारको कारण उनले अध्यक्ष पद छोड्ने निर्णय गरेकी हुन् ।

सेन्ट्रल न्यूज एजेन्सीले बताए अनुसार राष्ट्रपति इंग वेनले आफ्नो पार्टी अफिसमा भाषण गर्दै भनिन्, सम्पन्न स्थानिय निर्वाचनमा सत्तारुढ पार्टीको निराशाजनक प्रदर्शन प्रति माफी चाहान्छु । साथै हारको जिम्मेवारी लिन चाहान्छु । उनले पार्टी प्रमुखबाट राजीनामा दिए पनि राष्ट्रपतिबाट राजिनामा नदिने संकेत गरेकी छिन् ।

ताइवानको राजनैतिक इतिहासमा पहिलो पटक सन् २०१६ मा चुनिएकी महिला राष्ट्रपति इंग वेनको पदावधी २०२० सम्म रहेको छ ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank Janata