सत्य कहिले हार्दैन, स्वाभिमान कहिले मर्दैन: पूर्वराजा ज्ञानेन्द्र

आइतवार, पुस २७, २०७६



काठमाडौँ । नेपाल एकीकरणका महानायक श्री ५ पृथ्वीनारायण शाहको जन्मोत्सवको अवसरमा पूर्वराजा ज्ञानेन्द्र शाहले शुभकामना सन्देश दिएका छन् । पूर्वराजा शाहले एक प्रेस व्यक्तव्य मार्फत श्री ५ पृथ्वीनारायण शाहको जन्म जयन्तीको अवसरमा शुभकामना व्यक्त गरेका हुन ।

 शुभकामना मार्फत शाहले भनेका छन, हाम्रा पुर्खाको पौरखले जोडिएको,जर्गेना गरिएको हिमाल,पहाड,तराई मिलेर बनेको हाम्रो प्यारो मातृभूमि सदा,स्वतन्त्र,शान्त र अविभाज्य र अखण्ड हुनै पर्छ । उनले  राष्ट्रनिर्माता श्री ५ बडामहाराजाधिराजको आधुनिक नेपाल अधिराज्यको निर्माण उत्तिकै महत्त्वपूर्ण र सान्दर्भिक रहेको उल्लेख गरेका छन् ।

पूर्वराजा शाहले जनमासमा के भइरहेको छ । सबैलाई स्पष्ट रहेको उल्लेख गर्दै राष्ट्र नायकको बीरगाथा बोल्न नसक्ने,माटोको सम्मानमा बोल्न नहुने ,राष्ट्रिय एकता र स्वाभिमानलाई कुण्ठित पार्ने एवम् मुलुकले नचाहेको र असान्दर्भिक विषयमा मुलुकलाई विवादमा पार्ने प्रयास कतैबाट पनि हुनुहुँदैन । साथै सत्य कहिले हार्दैन स्वाभिमान कहिले मर्दैन भन्दै शुभकामना सन्देशमा उल्लेख गरेका छन् ।

हेर्नुहाेस शुभकामना जस्ताकाे त्यस्तै

gyandra

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments