अमेरिका-मेक्सिको सिमानामा बन्ने भयो ट्रम्प पर्खाल

मङ्लबार, माघ २९, २०७५



वासिङटन। सरकारी काम काज ठप्प हुन बाट बचाउन र अमेरिका मेक्सिको सीमानामा पर्खाल बनाउन राष्ट्रपति ट्रम्प र सांसद बीच सहमती भएको छ ।  राष्ट्रपति ट्रम्प, डेमोक्रेटिक सांसद र रिपव्लिकन पार्टीबीच गहन छलफल पछि पर्खाल निर्माणको निम्ती १.४ अरब डलर धनराशी ट्रम्प सरकारले पाउने छ । प्राप्त धनराशीले केवल ५५ मिल लामो ट्रम्प पर्खाल मेक्सिको सिमानामा लाग्ने छ ।

राष्ट्रपति ट्रम्पले मागेको ५.७ अरब डलरको तुलनामा केवल १.४ अरब डलर मात्र स्वीकृत गर्नै गत रातको सम्झौता पछि तत्कालको निम्ती दुबै पक्षको इज्जत बचेको छ । अमेरिकी सदनको विनियोग समिति अध्यक्ष नीता लोबीले बताए अनुसार कर्मचारी सम्झौता मुताविक काममा जुटेका छन् ।

ह्वाइट हाउसले गत डिसेम्बरमा २१५ मिल लामो पर्खाल निर्माण गर्नै बताइरहेको समयमा हालै भएको सम्झौताले टेक्सासको रियो ग्राण्ड बेलीमा पर्खाल निर्माण मात्र हुन सक्नेछ ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank Janata