हुवावेमाथि लगाइएको प्रतिबन्ध हटाइने राष्ट्रपति ट्रम्पको घोषणा

शनिबार, असार १४, २०७६



एजेन्सी । जापानको ओसाका शहरमा भइरहेको बीसवटा औद्योगिक राष्ट्रको समूह (जी–२०) को शिखर सम्मेलनलाई सम्बोधन गर्ने क्रममा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चिनियाँ मोबाइल कम्पनी हुवावेप्रति लगाइएको प्रतिबन्ध फुकुवा गरिने बताएका छन् । हिजो(शुक्रबार) देखि शुरु भएको दुई दिने जी-२० शिखर सम्मेलनलाई सम्बोधन गर्ने क्रममा आज राष्ट्रपति ट्रम्पले सो कुरा बताएका चिनियाँ सञ्चार एजेन्सी एससीएमपीले जनाएको छ ।

उनले भनेका छन्, ” अमेरिका चाहन्छ कि आफ्नो सामान अन्य देशहरुको रोजाईमा परोस। तर यो त्यति सजिलो पनि छैन। यस्ता सामानहरु निर्माण गर्न पनि जटिलता आइपर्छ । हाम्रो  कम्पनीहरु धेरै ‘अपसेट’ पनि हुँदै आइरहेका छन् । तर हामी उनीहरुलाई अनुमति भने दिइरहेका छौं ।” उनले हुवावेप्रति झुकाव राख्दै भने, ” यदि यो राष्ट्रिय सुरक्षाको मुद्दा हुने थिएन भने हामी उसलाई हाम्रो बजारमा प्रतिबन्ध गर्ने थिएनौं ।”

उनले थप भने, ” यदि हार्मो राष्ट्रिय सुरक्षामा दखल पुग्दैन भने हामी सहमत छौ । हामी प्रतिबन्ध तोड्ने छौं। यद्दपी मलाई अझै पनि लाग्छ कि यो विषय अझ जटिल छ ।”

“हामी हुवावेलाई सुचारु गर्न दिनेछौं । तर हेरौं ट्रेड एग्रिमेन्टले हामी कति सफल हुन्छौं ।” उनले भनेका छन् ।

ट्रम्पले बताएअनुसार हुवावेको बारेमा मंगलबार कमर्स डिपार्टमेन्टस् इनिसियटिभहरुसँग थप चर्चा हुनेछ ! तयसपश्चात मात्र अमेरिकामा हुवावेले प्रवेश पाउनेछ ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata