अमेरिका–मेक्सिको सहमतिः आप्रवासीको प्रवाह रोके भन्सार शुल्क नबढाउने

आइतवार, जेष्ठ २६, २०७६



वासिंगटन । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले मेक्सिकोमा प्रत्येक महिना पाँच प्रतिशतका दरले बढाउने भनिएको  भन्सार शुल्क स्थगित भएको जनाएका छन् । राष्ट्रपति पति डोनल्ड ट्रम्पले मेक्सिकोसँग सहमति भएको र भन्सार शुल्क अनिश्चित कालका लागि स्थगित गरेको बताएका छन् ।

America has reached a signed agreement with Mexico.को लागि तस्बिर परिणाम

अमेरिकाले बढाउन सक्ने बढी करबाट जोगिन मेक्सिकोले अवैध रूपमा अमेरिका प्रवेश गर्ने आप्रवासीहरूको प्रवाह रोक्न सहमति जनाए पश्चात राष्ट्रपति ट्रम्पले आफ्नो ट्विटर ह्यान्डल मार्फत सो जानकारी गराएका हुन् ।

ट्रम्पले आप्रवासीहरूको प्रवाह रोक्न मेक्सिकोले प्रभावकारी कदम नचाले प्रत्येक महिना पाँच प्रतिशतका दरले भन्सार शुल्क बढाउँदै जाने चेतावनी दिएका थिए । सो करवृद्धि सोमबारदेखि लागू हुन लागेको बेला अमेरिका र मेक्सिकोबीच सहमति भएको  हो ।

मेक्सिकोका विदेशमन्त्री मार्सेलो एब्रार्डले अमेरिकासँग सहमति भएको पुष्टि गरेका छन् । तीन दिनसम्म चलेको वार्तापछि दुई देश सहमतिमा पुगेका हुन् ।

हजारौंको संख्यामा सीमा पार गरेर अमेरिका पुग्ने आप्रवासीलाई रोक्न आवश्यक भएको भन्दै गत फेब्रुअरीमा ट्रम्पले अमेरिका र मेक्सिकोको सीमामा संकटकाल लगाएका थिए ।

अमेरिकी विदेश मन्त्रालयले सार्वजनिक गरेको संयुक्त घोषणापत्रमा मेक्सिकोले अवैध आप्रवासी र मानवतस्करी नियन्त्रण गर्न ‘अभूतपूर्व’ कदम चाल्ने उल्लेख गरिएको छ । जसअनुसार मेक्सिकोले आप्रवासी रोक्न, सुरक्षा निकायलाई देशभरि तैनाथ गर्ने, दक्षिणी सीमामा थप ६ हजार सुरक्षाकर्मी खटाउनेलगायतका सहमति गरेको छ ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank Janata