कश्मीर मामलामा राष्ट्रपति ट्रम्प सक्रिय बन्दै

मङ्लबार, भदौ ३, २०७६



एजेन्सी । कश्मीरको विशेष राज्यको दर्जालाई भारतले निष्प्रभावी बनाएपछि भारत र पाकिस्तानबीच ५ अगस्टदेखि कश्मिरमा निकै तनाव बढिरहेको छ ।  पन्ध्र दिनदेखि बन्द रहेको स्कुल, कलेज र सरकारी निकायहरु आज(मंगलबार)बाट खुल्ने  बताएता पनि विद्यार्थी एवं कर्मचारीहरुको उपस्थिति देखिएको छैन ।

गत सोमबार कश्मीरको एलओसीमा भारतीय सेनाले गोलाबारी गर्दै आफ्ना सैनिकको ज्यान लिएको  पाकिस्तानले  आरोप लगाएको थियो । भारतले भने पाकिस्तानले पहिला फायरिङ खोल्दा आफ्ना सैनिक जवान हताहत भएको जनाएको छ  ।

एलओसीमा बढेको दुई देशको तनावपछी अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सोमबार भारतका प्रधानमन्त्री नरेन्द्र मोदीसँग टेलिफोनमा कुराकानी गरेको भारतीय सञ्चारमाध्यमले उल्लेख गरेका छन् । यसै प्रसंगमा राष्ट्रपति ट्रम्पले एक ट्वीट समेत गरेका छन् भने  पाकिस्तानका प्रधानमन्त्री  खानसँग टेलिफोन सम्पर्क गरेको पाकिस्तानी मिडिया डनले जनाएको छ ।म्म्म्म

राष्ट्रपति ट्रम्पले  दुवै प्रधानमन्त्रीलाई  कश्मीरको तनाव अन्त्य गर्न आग्रह गरेका छन् । ट्वीटमा राष्ट्रपति ट्रम्पले भनेका छन्, ‘मैले मेरा दुई साथीहरु भारतका प्रधानमन्त्री मोदी र पाकिस्तानका प्रधानमन्त्री इमरान खानसँग व्यापार, रणनीतिक साझेदारी र सबैभन्दा महत्वपूर्ण त कश्मिर मुद्दामा कुरा गरेँ । यो मुस्किल समय हो, तर राम्रो कुराकानी भयो ।’

राष्ट्रपति ट्रम्पको ट्वीट पछी  ह्वाइटहाउसका प्रवक्ताले समेत कश्मीरमा  जारी तनावलाई कम गर्न मोदीलाई आग्रह गरेको जनाएको  छ ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank Janata