‘मेक्सिकोबाट आउने हरेक सामानमा हरेक महिना ५ प्रतिशतका दरले कर बढ्छ’ – राष्ट्रपति ट्रम्प

शुक्रबार, जेष्ठ १७, २०७६



एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मेक्सिकोबाट आफ्नो देशमा आउने सबै सामानमा कर लगाउने घोषणा गरेका छन् । ट्रम्पले आफ्नो अफिसियल ट्विटर ह्यान्डलमा जुन १० तारेखदेखि ५ प्रतिशतका दरले कर लगाइने बताएका छन्  ।साथै अवैध आप्रवासी प्रवेशको समस्या समाधान नभएसम्म त्यसलाई विस्तारै बढाउँदै लैजाने पनि उनले लेखेका छन् ।

देशको दक्षिणी सीमामा भइरहेको समस्या समाधानका लागि  गएको  फेब्रुअरी महिनामा राष्ट्रिय संकटकालको घोषणा अमेरिकी राष्ट्रपति  ट्रम्पले   आगामी अक्टोबर महिना सम्म हरेक महिना ५ प्रतिशतका दरले बढ्दै जाने बताइएका छन्  ।

मेक्सिकोका एक कुटनीतिज्ञ जेसस सीडीको अनुसार  ट्रम्पको कर लगाउनेयस कुराले विध्वंशको  अवस्था सिर्जना गर्छ । यदि त्यस्तो गरियो भने आफूहरुले पनि गम्भीर रुपमा कदम चाल्ने उनले चेतावनी दिएका  छन् ।

On June 10th, the United States will impose a 5% Tariff on all goods coming into our Country from Mexico, until such time as illegal migrants coming through Mexico, and into our Country, STOP. The Tariff will gradually increase until the Illegal Immigration problem is remedied,..

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments