अमेरिका–चीनबीच जारी व्यापार वार्तामा सहमति हुन् सकेन, विश्व बजारमा असर देखिने

शनिबार, बैशाख २८, २०७६



एजेन्सी । चिनियाँ निर्यातमाथि नयाँ भन्सार हटाउने विषयलाई केन्द्रमा राखिएर शुक्रबार विहान अमेरिकी र चिनियाँ सरकार बीच भएको वार्ता सहमति बिना सकिएको छ  ।

c06e9498b1d14281bd5d6804446e45b2_18

यस वार्ताले एक प्रकारको सहमति जुट्ने र थप भन्सार कर नलाग्ने विश्वास विश्वले गरेको थियो । तर सहमतिमा पुग्न नसकेपछि  मध्यरातबाट २०० अर्ब अमेरिकी डलर बराबरको चिनियाँ निर्यातमा भन्सार बढेको छ ।

चिनियाँ सामाग्रीमा नयाँ भन्सार कर लागु भएपछि त्यसको समर्थन गर्दै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ट्वीट गरेका छन् ,“भन्सार करले हाम्रो देशलाई कमजोर होइन, थप बलियो बनाउनेछ ।”

भन्सार कर अन्तर्गत अब अमेरिका जाने चिनियाँ सामानमा पहिले लागिरहेको १० प्रतिशत करबाट बढेर २५ प्रतिशत कर लाग्नेछ । चीनको वाणिज्य मन्त्रालयको वेवसाइटले अमेरिकी भंसार करको जानकारी दिएको छ ।

अमेरिकी राष्ट्रपति  ट्रम्पको यस निर्णयसँगै ५,००० चिनियाँ निर्यात सामाग्रीमा असर पार्ने देखिएको छ  । यस कदमले   चीनको रसायन, कपडा र उपभोग्य वस्तु लगायतमा प्रत्यक्ष असर पर्ने भएको छ ।

चीनले अमेरिकाको यस  कदम ‘निक्कै दुखदायी’ भएको र छिट्टै यसको जवाफ दिने प्रतिक्रिया दिएको छ ।

अघिल्लो वर्ष जुलाईमा शुरु भएको  यस व्यापार युद्धले विश्व भरीको आर्थिक अवस्थामा असर गरिरहेको छ ।

अघिल्लो वर्ष सेप्टेम्बरमा ट्रम्पले यी वस्तुमा १० प्रतिशतको भन्सार शुल्क लगाएका थिए । जनवरीमा त्यो बढेर २५ प्रतिशत हुने समयसीमान थियो । तर दुई देशबीच कुराकानी शुरु भए पछि त्यसलाई ३ महिनापछि सारिएको थियो ।

भावी दिनमा अमेरिकाले चीन विरुद्ध थप कडा कदम चाल्ने चेतावनी दिएको छ । ट्रम्पले ३२५ अमेरिकी डलरको चिनियाँ उत्पादमाथि शीघ्र २५ प्रतिशत शुल्क लाग्न सक्ने बताएका छन्  ।

अन्तर्राष्ट्रिय मुद्रा कोषका अनुसार दुई देशबीचको यस तनावको असर विश्वव्यापी बजारमा पर्न सक्ने बताएको छ  ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank (Detail page 2nd) Janata Bank