ट्रम्पले आलोचना गरेका राजदुतलाई बेलायती प्रधानमन्त्रीको कार्यालयद्वारा ‘पूर्ण समर्थन’

मङ्लबार, असार २४, २०७६



एजेन्सी । बेलायतको प्रधानमन्त्रीको कार्यालयले आफ्ना राजदूत सर किम डारोचलाई प्रधानमन्त्रीको ‘पूर्ण समर्थन’ रहेको जनाएको छ । अमेरिकाका लागि बेलायतका राजदूतले हालै आफ्नो देशको विदेश मन्त्रालयलाई पठाएको इमेलमा अमेरिकी राष्ट्रपतिको प्रशासनलाई अयोग्य भनेको पाइएको थियो । उक्त  इमेल सार्वजनिक भएपछि अहिले दुई देशबीचको सम्बन्धमा चिसो आउने सम्भावना देखिएको हो ।

अमेरिका र बेलायत अन्तर्राष्ट्रिय मामिलामा लामो समयदेखि कार्यगत एकता गर्दै आएका मुलुक हुन् ।

अमेरिकी राष्ट्रपति ट्रम्पले ट्विट मार्फत बेलायतकी प्रधानमन्त्रीको पनि आलोचना गरेपछि बेलायतको प्रधानमन्त्रीको कार्यालयले आफ्ना राजदूतको समर्थन गरेको हो । बेलायती प्रधानमन्त्रीको कार्यालयले इमेल सार्वजनिक भएको विषयलाई भने दुर्भाग्यपूर्ण भएको जनाएको छ । 

Donald J. Trump

@realDonaldTrump

I have been very critical about the way the U.K. and Prime Minister Theresa May handled Brexit. What a mess she and her representatives have created. I told her how it should be done, but she decided to go another way. I do not know the Ambassador, but he is not liked or well….

41.7K people are talking about this

(बीबीसी)

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank Janata