अमेरिकामा साइबर आपतकालको घोषणा

बिहिबार, जेष्ठ २, २०७६



वाशिङटन ।  अमेरिकी  राष्ट्रपति डोनल्ड ट्रम्पले विदेशी साइबर हमलाको अवस्थाबाट अमेरिकी कम्प्युटरलाई बचाउनका लागि राष्ट्रिय आपतकाल(संकटकाल)को घोषणा गरेका  छन् । अमेरिकी राष्ट्रपति ट्रम्पले बुधबार एक कार्यकारी आदेश जारी गर्दै राष्ट्रिय संकटकालको घोषणा गरेका हुन् ।

उनको यो आदेश अन्तर्गत  विदेशी दुरसंचार सेवाको उपयोग गर्न प्रतिबन्ध लगाइएको छ । विदेशी दुरसंचार सेवाका कारण राष्ट्रिय सुरक्षालाई खतरा हुनसक्छ भनिएको छ ।

उनले आफ्नो आदेशमा कुनै कम्पनीको नाम भने लिएका छैनन् ।  यद्यपि विश्लेषकहरुले राष्ट्रपति ट्रम्पको कदम विशेषगरी चीनको टेलिकम कम्पनी हुवावेतर्फ लक्षित रहेको बताएका छन् । कैयौं  देशले ह्वावे कम्पनीको उत्पादनको प्रयोगले चीनलाई जासुसीका लागि सहयोग गरिरहेको आशंका यसअिघ देखि नै व्यक्त गर्दै आएका थिए ।

The Huawei logo is pictured outside its Huawei"s factory campus in Dongguan, Guangdong province, China March 25, 2019

टेलिकम उपकरण बनाउने संसारको सबैभन्दा ठूलो कम्पनी ह्वावेले यद्यपी यी आशंकालाई निराधार बताउँदै आफ्नो कामले कसैलाई हानी नोक्सानी नहुने र जासुसीको कुनै जोखिम नभएको बताएको छ ।

ह्वाइट हाउसको बयान अनुसार ट्रम्पको आदेशको उद्देश्य ‘अमेरिकालाई विदेशी दुश्मनबाट बचाउनु हो जो सक्रिय रुपमा लगातार सूचना र संचार प्रविधी एवं सेवाको उपयोगबाट अतिसंवेदनशील बनेका छन् ।’

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank (Detail page 2nd) Janata Bank