युद्ध अन्त्यका लागि सोलीमानीलाई मारेका हौँ – डोनाल्ड ट्रम्प

शनिबार, पुस १९, २०७६



एजेन्सी । इरानका उच्च सैन्य कमान्डर मेजर जनरल कासिस सोलेमानीको हत्या बारेमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बोलेका छन्  । उनले सोलेमानीको हत्या गरिएको बताएका छन् ।

अमेरिकी राष्ट्रपतिको आदेशमा इराकको राजधानी बग्दादस्थित विमानस्थलमा शुक्रबार भएको हवाई आक्रमणमा इरानी उच्च सैन्य कमान्डर सुलेमानीको मृत्यु भएपछि इरान क्रुद्ध बनेको छ । उसले यसको बदला लिने चेतावनी दिइरहेको छ । दुई राष्ट्रबीच तनाब बढेपछि युद्ध निम्तिन सक्ने चिन्ता प्रकट भइरहेका छन् । तर, ट्रम्पले युद्ध शुरु गर्न नभई अन्त्यका लागि सुलेमानी मारिएको प्रतिक्रिया दिएका छन् ।

‘अमेरिकाले युद्ध अन्त्यका लागि इरानको उच्च सैन्य कमान्डर कासिस सुलेमानीलाई मारेको हो । युद्ध शुरु गर्न होइन’, राष्ट्रपति ट्रम्पले भने ।शुक्रबार बग्दादको विमानस्थलमा गरिएको आक्रमणपछि आतंकको शासन अन्त्य भएको टिप्पणी पनि ट्रम्पले गरेका छन् ।

तर, इरानले आफ्ना सैन्य कमान्डरको हत्यामा जिम्मेवारमाथि उचित बदला लिने चेतावनी दिएको छ । इरानको यस्तो चेतावनीसँगै दुई देशबीचको तनाव थप बढ्ने ठानिएको छ ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments