ट्रम्प र किमले एक अर्काको पिठ्यूँमा धाप मारे, ट्रम्पले ट्वीटरमा भिडियो नै राखे (भिडियो र फोटोफिचर)

निशस्त्रीकरणमा प्रतिबद्धता छौँः किम, ह्वाइट हाउसमा फेरि भेट्छौँः ट्रम्प

मङ्लबार, जेष्ठ २९, २०७५



एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली नेता किम जोङ उनबीचको विश्वले नै तीब्र रुपमा प्रतिक्षा गरेको शिखर वार्ता मङ्गलबार सिङ्गापुरमा भयो ।  उनीहरु दुवै जनाबीच अनुवादक मात्र राखेर सिङ्गापुरको एक होटलमा एक्लाएक्लै गरिएको वार्ता निकै सकारात्मक भएको अमेरिकी राष्ट्रपति ट्रम्पले बताए । वार्तापछि ट्रम्पले ‘मलाई सोध्नुहुन्छ भने वार्तामा एकदम राम्रो प्रगति भएको छ, यस वार्ताले हामीलाई एकदम सफलता दिनेछ ।’

Trump Kim Summit

वार्तामा प्रवेश गर्नुअघि पनि उनी पत्रकारहरूसँग आशावादी देखिएका थिए । वार्तामा बस्नुअघि उत्तर कोरियाली नेताले भनेका थिए ‘यस वार्ताका लागि सिङ्गापुरसम्म आइपुग्न सजिलो थिएन, कैयौँ अप्ठ्याराहरू थिए तर हामी आयौँ ।’ सिङ्गापुरको पर्यटकीय टापु सेन्टोसास्थित कापेला होटलमा अमेरिकी राष्ट्रपति ट्रम्प र उत्तर कोरियाली नेता किमले एक अर्कासँग हात मिलाएर हाँसेका थिए ।

उनीहरुले हात मिलाउने स्थानमा अमेरिका र उत्तर कोरियाको झण्डा राखिएको थियो । राष्ट्रपति ट्रम्प अमेरिकाको झण्डा भएतिर गए भने किम उत्तर कोरियाको झण्डा भएको स्थानमा पुगे । आ–आफ्नो देशका राष्ट्रिय झण्डासामु उभिएर पहिला हात मिलाए, एक अर्काको पिठ्यूँमा धाप मारे र सञ्चारका लागि फोटो खिच्न केही सेकेन्ड उभिए ।

त्यसपछि सोही स्थानमा उभिएका आ–आफ्ना अनुवादकहरूको सहयोगमा केही शब्द आदानप्रदान गरेर एक्लाएक्लै वार्ताका लागि होटलको अर्कै कक्षमा प्रवेश गरे । उनीहरु वार्ता कक्षमा प्रवेश गर्दासम्म नै टेलिभिजन र अखबारका क्यामेराले पछ्याइ नै रहेका थिए । फोटो लिनका लागि त्यहाँ सयौँ क्यामेरा पुगेका थिए ।

निशस्त्रीकरणमा प्रतिबद्धता छौँः किम, ह्वाइट हाउसमा फेरि भेट्छौँः ट्रम्प

उत्तर कोरियाली नेता किम जोङ उनले सिङ्गापुरमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग भएको शिखर वार्ताको क्रममा कोरियाली प्रायद्वीपलाई पूर्ण निशस्त्रीकरण गर्ने विषयमा प्रतिबद्धता जनाएका छन् । उत्तर कोरियाली नेता किम र अमेरिकी राष्ट्रपति ट्रम्पबीचको एक सम्झौतामा कोरियाली प्रायद्वीपमा नै पूर्ण निशस्त्रीकरण गर्ने सहमतिसहित हस्ताक्षर गरेका छन् ।

दुई नेताले सिङ्गापुरमा भएको वार्तापछि एक संयुक्त सहमतिपत्रमा हस्ताक्षर गरेका हुन् । यस वार्तापछि गर्वको अनुभव भएको ट्रम्पले बताए ।

अमेरिकाले उत्तरकोरियाको पूर्ण, प्रमाणिकरण गर्न सकिने र उल्टाउन नसकिने प्रकृतिको परमाणु निशस्त्रीकरणका लागि जोड दिँदै आएको थियो ।
यसै वार्ताबाट प्रभावित भएका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तर कोरियाली नेतालाई फेरि भेट्ने बचन दिएका छन् । सिङ्गापुरमा भएको ऐतिहासिक शिखर सम्मेलनपछि राष्ट्रपति ट्रम्पले नेता किमलाई ह्वाइट हाउसमा भेट्ने बचन दिएका हुन् ।

ट्रम्पले सम्झौता हस्ताक्षर समारोह समापनपछि ‘हामी फेरि भेट्छौँ, सम्भवत हामी ह्वाइट हाउसमै भेट्छौँ’ भने । दुई नेताबीच भएको पहिलो भेटघाटबाट अत्यन्त प्रसन्न भएका ट्रम्प उत्तर कोरियाली नेतासँग बारम्बार भेटगर्ने पनि बताए ।

तस्विरः सिएनएन

Trump and Kim 13 Trump and Kim 14 Trump and Kim 12 Trump and Kim 11 Trump and Kim 10 Trump and Kim 9 Trump and Kim 8 Trump and Kim 6 Trump and Kim 7 Trump and Kim 5 Trump and Kim 4 Trump and Kim 3,2 Trump and Kim 2 Trump and Kim 1 trump-and-kim-sign-agreement-after-summit ट्रम्प र किमले एक अर्काको पिठ्यूँमा धाप मारे, ट्रम्पले ट्वीटरमा भिडियो नै राखे

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank Janata