राष्ट्रपति ट्रम्प र नेता किम बीच ‘राजनीतिक प्रेमपत्र’ आदानप्रदान

आइतवार, असार ८, २०७६



एजेन्सी । उत्तर कोरियाली नेता किम जङ-अनले अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले पठाएको ‘राजनीतिक प्रेमपत्र’ पाएको उत्तर कोरियाली सरकारी सञ्चारमाध्यमले जनाएको छ।

किमले त्यो पत्रलाई “गजब”को भन्दै प्रशंसा गरेको र त्यसमा रहेको “चाखलाग्दो बेहोराबारे गहन ढङ्गले सोचविचार गर्ने” आशय व्यक्त गरेको समाचारसंस्था केसीएनएले जनाएको छ।

उनले ट्रम्पको “असाधारण साहस”को पनि प्रशंसा गरेका छन्।

जुन महिनाको प्रारम्भमा उत्तर कोरियाली नेताले आफूलाई “एउटा सुन्दर चिठी” पठाएको ट्रम्पले बताएका थिए।

अहिले ट्रम्पको पत्र कसरी र कहिले किमलाई पठाइयो भन्ने खुलासा गरिएको छैन। त्यसबारे ह्वाइट हाउसले कुनै प्रतिक्रिया दिएको छैन।

साथै लगभग दुई हप्ता अगाडी राष्ट्रपति ट्रम्पले आफूलाई उत्तर कोरियाली नेता किम जोंग उनद्वारा एक ‘राजनीतिक प्रेमपत्र’ पाएको बताए थिए । भारतीय संचार मध्यम एनडी टिभीले खबर लेख्दै भनेको थियो, “अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले ह्वाइट हाउसमा दिएको एक बयानलाई विश्वले चासोपूर्वक लिएको छ । राष्ट्रपति ट्रम्पले आफूलाई उत्तर कोरियाली नेता किम जोंग उनद्वारा एक ‘राजनीतिक प्रेमपत्र’ पाएको बताए पश्चात उक्त बयानलाई विश्वले चासोपूर्वक लिएको हो ।”

यो पनि पढ्नुहोस्

उत्तर कोरियाली राष्ट्रपति किमको ‘राजनीतिक प्रेमपत्र’ राष्ट्रपति ट्रम्पलाई

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank (Detail page 2nd) Janata Bank