अमेरिकामा दुई हप्तामा कोरोनाको कारण मृत्यु हुनेको संख्या उच्च हुनसक्छ :  राष्ट्रपति ट्रम्प

सोमवार, चैत्र १७, २०७६



एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आगामी दुई हप्तामा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या बढ्न सक्ने भन्दै चिन्ता व्यक्त गरेका छन । पछिल्लो समय कोरोना भाइरसको प्रकोप अमेरिकामा छिटो फैलिरहेको छ ।

अमेरिकामा हालसम्म करिब १ लाख ४२ हजार बढी मानिसमा कोरोना संक्रमण देखिएको  छ । रिपोर्टका अनुसार अमेरिकामा २५ सय भन्दा बढी व्यक्ति भाइरसको कारण आफ्नो ज्यान गुमाइसकेका छन् ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प यस भाइरस नियन्त्रण लागि सरकारले यथासक्दो प्रयास गरिरहेको बताएका छन् । डोनाल्ड ट्रम्पले अघिल्लो दिन ह्वाइट हाउसमा सञ्चार माध्यमलाई सम्बोधन गर्दै भने, “अर्को दुई हप्ताभित्र अमेरिकामा कोरोना भाइरसको कारण हुने मृत्युदर चरम हुने सम्भावना छ। यस कारण सरकारले जारी गरेको सामाजिक दूरीको मार्ग निर्देशनको लागि तपाइँहरू सबै अग्रसर हुनुहोस् । अब यो आदेश अप्रिल ३० सम्म जारी रहनेछ ।”

डोनाल्ड ट्रम्पले भने, “यो अनुमान गरिएको छ कि अर्को दुई हप्तामा मर्नेहरूको संख्या चरम हुने सम्भावना छ। त्यसकारण यस अप्रिय घटनाबाट बच्र सरकारले जारी गरेको गाइडलाइन पछ्छाउँन तपाइँहरूलाई अनुरोध गर्दछु ।” ट्रम्पले केहि समयमा सबै ठीक हुने विश्वास व्यक्त गरे । यस अघि ट्रम्पले भनेका थिए, “अमेरिकाको अवस्थाकाे नियन्त्रण गर्नेछ ।”

  ट्रम्प प्रशासनमा संक्रामक रोगका शीर्ष विशेषज्ञले आइतबार अमेरिकामा कोरोना भाइरस संक्रमणको कारण एकदेखि दुई लाख मानिस मर्ने आशंका व्यक्त गरेका थिए।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments