आपराधिक मुद्दामा हस्ताक्षेप गर्ने कानूनी अधिकार मसँग छ- ट्रम्प

शनिबार, फाल्गुन ३, २०७६



एजेन्सी । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले आपराधिक मुद्दामा दखल दिने ‘कानूनी अधिकारी’ आफूसँग रहेको बताएका छन् । राष्ट्रपति ट्रम्पले आफ्नो आधिकारिक ट्वीटर एकाउन्टमार्फत ट्वीट गरेर आफूमा कुनै पनि आपराधिक मुद्दामा हस्ताक्षेप वा दखल दिने कानूनी अधिकार सुरक्षित रहेको उल्लेख गरेका हुन् ।

महान्यायाधीवक्ता विलियम बारले ह्वाइट हाउस (राष्ट्रपति ट्रम्प) ले गर्ने ट्वीटका कारण आफ्नो काममा असर परेको बताएपछि ट्रम्पको यस्तो टिप्पणी आएको हो ।

महान्यायाधीवक्ता बारले बिहीबार राष्ट्रपति ट्रम्पसँग ट्वीट रोक्न आग्रह गरेका थिए । ट्रम्पको ट्वीट ‘बुली’ गर्ने खालका रहेको बारले उल्लेख गरेका छन् ।

ट्रम्पले आफ्ना पूर्व सल्लाहकार रोजर स्टोनमाथिको आपराधिक मुद्दाबारे लगातार ट्वीट गरेका थिए । उनले सो मुद्दामा दखल दिने क्रम शुरु गरेका छन् ।

अनुसन्धानकर्ताले स्टोनमाथि कडा कारवाही गर्न सिफारिस गरेका छन् । तर ट्रम्पले भने स्टोनमाथि अन्याय भएको बताएका छन् । महान्यायाधीवक्ता बारको आग्रह अस्वीकार गर्दै ट्वीट गरेका छन् ।

Donald J. Trump

@realDonaldTrump

“The President has never asked me to do anything in a criminal case.” A.G. Barr This doesn’t mean that I do not have, as President, the legal right to do so, I do, but I have so far chosen not to!

45.5K people are talking about this
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments