ईराकले अमेरिकी सेना निकाले कडा प्रतिबन्ध गर्छौ: राष्ट्रपति ट्रम्प

सोमवार, पुस २१, २०७६



एजेन्सी । ईराकी संसद्ले अमेरिकी सैनिकलाई देश छोड्न प्रस्ताव पारित गरेसँगै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प थप आक्रोशित बनेका छन् ।राष्ट्रपति ट्रम्पले ईराकी विरुद्ध कडा प्रतिबन्ध लगाउने धम्की दिएका छन् । उनले भने, हाम्रो निकै महँगो हवाई अखडा त्यहाँ छ। त्यो बनाउन अर्वौँ डलर लाग्यो। हामीलाई त्यो रकम नतिरेसम्म हामी इराक छोड्दैनौँ ।

मिडियाहरूसँग बोल्दै राष्ट्रपति ट्रम्पले भने, हामी उनीहरूले पहिला कहिल्यै नभोगेको प्रतिबन्ध लगाइदिनेछौँ। त्यसले इरानविरुद्ध लगाइएको नाकाबन्दीलाई पनि फिक्का पारिदिनेछ ।

इराकले आफ्नो प्रभावशाली सैन्य नेताको हत्याको बदला लिने उद्घोष गरेको छ। सोमबार हजारौँ मानिसहरू तेहराइनमा सुलेमानीको शवयात्रामा सहभागी भएका थिए । गएको शुक्रबार ईराकको राजधानी बग्दादमा रहेको विमानस्थलबाट बाहिरिने क्रममा अमेरिकी हवाई आक्रमणमा परि सुलेमानीको मृत्यु भएको थियो । सुलेमानीको शव आइतबार इरानको मसद पुर्‍याईँको थियो । सो भिडमा सुलेमानीका प्रशंसकहरु थिए । सुलेमानीको शव स्वदेश ल्याईँदा गरिएको र्‍यालीको प्रत्यक्ष प्रशारण ईराकको राष्ट्रिय टेलिभिजनबाट भइरहेको थियो ।

सुलेमानी इराकको इस्लामिक रेभलूशनरी गार्ड्स कोर (आईआरजीसी) अन्तर्गत रहेको विशेष सैन्य बल कूड्स फोर्नका प्रमुख थिए। उनका उत्तराधिकारीले अमेरिकालाई मध्यपूर्वबाट निकाल्ने वाचा गरेका छन्।

हामी शहीद सुलेमानीको बाटोमा उत्तिकै बलसहित हिँड्ने वाचा गर्छौँ । हाम्रा लागि अमेरिकालाई यो क्षेत्रबाट हटाउनु मात्र क्षतिपूर्ति हो, । इस्माइल कानीलाई उद्धृत गर्दै इरानी सरकारी रेडिओले भनेको छ। हाल ईराकमा ५००० को सङ्ख्यामा अमेरिकी सैनिक रहेका छन् ।

ट्रम्पकाे टाउकाे मूल्य  ताेकियाे

दक्षिण-पश्चिम एसियाली देश इराकले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको टाउको ल्याउनेलाई ८ करोड डलर पुरस्कार दिने घोषणा गरेको छ । ईराकका उच्च सैन्य कमाण्डर कासिम सुलेमानीको अमेरिकी हवाई आक्रमणमा मृत्यु भएपछि अमेरिका–इरान सम्बन्ध उच्च तनावको अवस्थामा छ ।

उच्च सैन्य कमाण्डर सुलेमानीको अन्त्येष्टिका क्रममा हजारौँको उपस्थिति भएका बेला प्रत्यक्ष टेलिभिजन प्रसारण मार्फत ट्रम्पको टाउकोको मूल्य तोकिएको हो ।

प्रत्यक्ष प्रशारण भइरहेका बेला सुलेमानीका एक प्रशंसकले हवाई आक्रमणका लागि आदेश दिने अमेरिकी राष्ट्रपति ट्रम्पको टाउको ल्याउनेलाई इरानका जनसंख्या ९८ करोड बराबरको अमेरिकी डलर इनाम दिने घोषणा गरे । इराक सरकारको तर्फबाट आधिकारिक रुपमा ट्रम्पको टाउकोको मूल्य तोकिएको भने होइन ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments