हामी माथि हमला गरिए ५२ स्थानमा आक्रमण गर्छौँ : राष्ट्रपति ट्रम्प

आइतवार, पुस २०, २०७६



एजेन्सी । अमेरिकन राष्ट्रपति डोनाल्ड ट्रम्पले ईरानलाई धम्की दिदैं ट्विट गरेका छन् । गत शुक्रवार ईरानको राजधानी वगदाद स्थित हवाई अड्डामा अमेरिकी सेनाले आक्रमण गर्दै ईरानी सेनाको एक उच्च जनरललाई मारेसँगै ईरानमा तातेको राजनीतिपछि उक्त धारणा आएको हो ।

ईरानी जनरल सोलेमानी कासिम अमेरिकी आक्रमणमा मारिएपछि ईरानी नेता खुमेनीले उचित समयमा अमेरिकासँग बदला लिइने धारणाको जवाफ दिदैं राष्ट्रपति ट्रम्पले ट्विट मार्फत ईरानलाई धम्की दिएका हुन । राष्ट्रपतिले ट्विटमा उल्लेख गरेका छन् । ईरान बदला लिने कुरा गरिरहेको छ । अमेरिकालाई नोक्सान पुर्‍याउने कुरा गरिरहेको छ । हामीले आतङ्कवादको विरुद्ध कारबाही गर्दै आतङ्कवादी नेतालाई निशाना बनायौ । जसले हालैको दिनमा एक अमेरिकीलाई मार्नुका साथै धेरै मानिस घाइते बनाए । उनीहरूको बारेमा मैले बताएको छैन । जसलाई उसले आफ्नो जीवनकालमा मारेका छन् । जहाँ सयौँ ईरानी प्रदर्शनकारी समेत थिए ।

trump

राष्ट्रपति अगाडि लेख्छन्, उसले पहिले नै हाम्रो दूतावासमा हमला गरिरहेको थियो । साथै उसले हाम्रो अन्य ठेगानामा हमला गर्ने तयारी गरिरहेको थियो ।
ईरान कयौँ वर्ष देखि सिर्फ समस्या नै बनिरहेको थियो । यसलाई चेतावनीको रूपमा सम्झियोस् कि ईरान  हाम्रा कुनै पनि नागरिक या हाम्रो सम्पत्ति माथि हमला गर्छ भने, इरानको ५२ अत्यन्त प्रमुख ठेगानामा हमला गर्नेछौँ । यसमा केही स्थानहरू सांस्कृतिक हिसाबले ईरानको लागि अत्यन्त खास रहेका छन् । हामी धेरै छिटो पुरै तागतले हमला गर्नेर्छाै । अमेरिका अब कुनै अरू  धम्की  सुन्न चाहँदैन ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments