संवैधानिक कानूनका तीन विज्ञले दिए ट्रम्प माथि अभियोग लगाउन सुझाव

बिहिबार, मंसिर १९, २०७६



एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प माथि महाअभियाग लगाउन संबैधानिक विज्ञहरुले सुझाव दिएका छन ।  विश्वको शक्तिशाली देशका राष्ट्रपति ट्रम्पका गतिविधिलाई लिएर माथि महाअभियोग लगाउन सुझाव दिएका छन ।

ट्रम्पमाथि महाअभियोग लगाउने सम्बन्धमा अनुसन्धान गरिरहेको अमेरिकी तल्लो सदनमा भइरहेको सुनुवाईको क्रममा डेमोक्रेटले बोलाएका तीन जना विज्ञले ट्रम्पको कार्य महाअभियोग लगाएर पद मुक्त गर्नु पर्ने खालको रहेको बताएका हुन् ।

रिपल्लिकनले छलफलमा बोलाएका जर्ज वासिङ्गटन विश्वविद्यालयका प्राध्यापक जोनथन टर्लीले भने ट्रम्पको कार्य गलत भएपनि महाअभियोग लगाउनुपर्ने खालको नभएको बताए । तर हार्वर्ड विश्वविद्यालयका प्राध्यापक नोहा फेल्डम्यान, स्टानफोर्ड विश्वविद्यालयका प्राध्यापक पामेला कार्लन तथा युनिभर्सिटी अफ नर्थ क्यारोलिनाका प्राध्यापक माइकल गेर्हार्टले भने विदेशी शक्तिसँग ट्रम्पले आफ्नो व्यक्तिगत स्वार्थका लागि सहयोग माग्नु अपराध भएको बताए ।

राष्ट्रपति ट्रम्पले राष्ट्रपति चुनावमा आफ्ना सम्भावित प्रतिस्पर्धी जे बाइडनमाथि छानविन गर्न युक्रेनलाई दवाव दिएको आरोप लागेको थियो ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments