संसदले दियो राष्ट्रपति ट्रम्पविरुद्धको महाअभियोगको जाँच गर्ने अनुमति

शुक्रबार, कार्तिक १५, २०७६



एजेन्सी । अमेरिकी संसदको तल्लो सदन हाउस अफ रिप्रेजेन्टेटिभले राष्ट्रपति डोनाल्ड ट्रम्पविरुद्ध महाभियोग लगाउने विषयको छानबिनलाई औपचारिकता दिने प्रस्ताव स्वीकृत गरेको छ ।  यसको मतलब राष्ट्रपति ट्रम्पको विरुद्धमा महाअभियोग लगाउनका लागि मन्जुरी दिएको नभइ उनको विरुद्धमा जाँच सार्वजनिक चरणमा पुगेको संकेत भएको बताइएको छ ।

मतदानका क्रममा ट्रम्पबारे छानबिन गर्नुपर्छ भन्ने पक्षमा २३२ र विपक्षमा १९६ मत परेको थियो ।  विपक्षी डेमोक्रयाटको नियन्त्रण रहेको हाउसमा ट्रम्पविरुद्ध महाअभियोगका लागि समर्थन जुटाउनका लागि भएको यो पहिलो औपचारिक प्रयास हो ।

ह्वाइट हाउसले भने यो प्रस्तावको निन्दा गरेको छ । यो प्रस्तावको विरुद्धमा दुईजना डेमोक्र्याट सांसदले पनि भोट हालेका थिए । ट्रम्पमाथि उनले आफ्ना राजनीतिक प्रतिद्वन्द्वी जो वाइडेन र उनका छोराविरुद्ध कथित भ्रष्टाचारको दाबी जाँचबुझ गर्न युक्रेनमाथि दबाब दिएको आरोप लगाइएको छ ।

बिहीबार संसदमा बोल्दै अमेरिकी सभामुख नान्सी पेलोसीले राष्ट्रपतिले जे गरेका छन् त्यसको लागि उनी जिम्मेवार बन्नुपर्ने जनाएकी थिइन् । उनले आफ्नो पार्टीले अमेरिकी संविधान र प्रजातन्त्रको रक्षाका निम्ति महाअभियोगको कदम चालिएको दाबी गरेकी छन् ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank Janata