हामीलाई चीनको जरुरत छैन: राष्ट्रपति ट्रम्प

आइतवार, भदौ ८, २०७६



एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीन विरुद्ध हमला बोलेका छन ।
चीनको तर्फबाट अमेरिकी सामानमा नयाँ शुल्क लगाउने तयारी गरेको भन्दै राष्ट्रपति ट्रम्पले भने, हामीलाई चीनको जरुरत छैन ।

यदि इमान्दारिताका साथ भन्ने हो भने, हामी चीन विना झनै राम्रो हुनेछौं ।  व्यापार युद्धले अमेरिकाको प्रगतिको रफ्तार पहिले नै कमजोर भइसकेको छ । र अमेरिकी अर्थ व्यवस्थालाई कमजोर बनाउँदै छ ।  सेयर बजारको हालत खराव छ । अमेरिकी कम्पनिलाई चीन छोड्न राष्ट्रपति ट्रम्पले आग्रह गर्दै चिनियाँ गतिविधिलाई जवाफी कार्वाहीको संकल्प गरेका छन ।

लामो समय देखी चीन सँग व्यापार घाटाको कारण खर्बाै डलर नोकसान भएको छ । चीनले एक वर्षमा अर्बाे डलरको बौद्धिक सम्पतिको चोरी गरेको छ । साथै उसले बौद्धिक चोरीलाई निरन्तरता दिन चाहेको छ । तर म यस्तो हुन दिने छैन ।
उनले अमेरिकी कम्पनिलाई आदेश दिदैं भने, चीनको विकल्प खोज्न शुरु गर्नुहोस । अमेरिका आउन तयार हु्नुहोस र आफ्नै देशमा समानको उत्पादन गर्नुहोस ।

गत शुक्रबार चीनले अमेरिकाबाट आयात गरिने ७५ अर्ब डलरका सामान माथि १० प्रतिशत जवाफी शुल्क लगाउने घोषणाको जवाफमा राष्ट्रपति ट्रम्पले उक्त कुरा गरेका हुन ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank Janata