त्यो अस्विकार्य छ, हामी बेवकुफ होइनौं: राष्ट्रपति ट्रम्प

मङ्लबार, जेष्ठ २८, २०७६



एजेन्सी । भारतीय सरकारले अमेरिकन मोटरसाइकल माथि लगाउँदै आएको सय प्रतिशत भन्सार दरमा कटौती गर्दै ५० प्रतिशतमा झारेको छ ।

उक्त घटनालाई लिएर अमेरिकन राष्ट्रपति डोनाल्ड ट्रम्पले भने, त्यो अस्विकार्य छ , हामी बेवकुफ होइनौं ।

गत सोमबार सिबिएस न्यूजमा अन्तवार्ताका दौरान राष्ट्रपति ट्रम्पले उक्त कुरा बताएका हुन । सय प्रतिशतबाट ५० प्रतिशतमा भन्सार दर झारेको प्रति उनले भने, यो अझै ज्यादा छ । साथै अस्विकार्य छ । मेरो अगुवाईमा रहेको अमेरिकालाई अब अरु बेवकुफ बनाउन सकिदैन । हामी बेवकुफ देश होइनौं । जसरी नराम्रो सँग बनाउने कोशिस गरिदैछ ।

प्रधानमन्त्री नरेन्द्र मोदी तपाई हेर्नुहोस । तपाई के गर्दै हुनुहुन्छ ? मोटरसाइकल माथि सत प्रतिशत कर हामी माथि लगाउँदै हुनुहुन्छ । हामीले उनी सँग कुनै कर लिएका छैनौं । ट्रम्पले भने, भारतीय प्रधानमन्त्री मोदीले फोन मार्फत अमेरिकी मोटरसाइकल माथि लगाउँदै आएको कर ५० प्रतिशतमा झारेको जानकारी दिए । मैले भने, त्यो अस्विकार्य छ ।

हामी यस्तो र्बैंक बन्दैछौं । जसलाई हर कोही लुट्न लालायित बन्दैछन् । साथै उनीहरु लामो समय देखी यस्तै गर्दै छन् । हाम्रो व्यापार घाटा ८ सय विलियन डलर पुगिसकेको छ । ट्रम्पले भने, अब थप व्यापार घाटा सहिन्न ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata