राष्ट्रपति ट्रम्पको सम्बोधन- म बनाउने छु मेक्सिको सिमानामा पर्खाल

बुधबार, माघ २३, २०७५



न्यूयाेर्क । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नाो वार्षिक सम्बोधनमा कंग्रेस समक्ष प्रतिशोध र प्रतिरोधको राजनीति खारेज गर्न आव्हान गरे । साथै अमेरिका मेक्सिको सिमानामा पर्खाल लगाउन जोड दिए ।

विगत लामो समय देखि विपक्षी डेमोक्रेटिक सांसदसँग भएको विवाद शान्त पार्न गरिएको ट्रम्पको प्रस्तावलाई डमोक्रेटिक सांसदलहरुले सुनि मात्रै रहे ।
राष्ट्रपति ट्रम्प र डेमोक्रेटिक सांसदबीच ३५ दिन लामो गतिरोधको कारण सरकारी कामकाज आंशिक रुपमा प्रभावित बन्यो । जसको कारण ट्रम्पको सम्बोधन समेत स्थगित हुन पुग्यो ।

२९ जनवरीमा हुने सम्बोधन गतिरोधकै कारण ६ फ्रेबअरीमा सरेको हो ।  न्यान्सी पेलोसीले अध्यक्षता गरेको सदनमा बोल्दै ट्रम्पले भने, अबैध आप्रवासीलाई स्वीकार गर्नु दया हैन वल्की क्रुरता हो । हाम्रो दक्षिणी सिमानामा हुने सबै अराजकता अमेरिकी सुरक्षा र वित्तिय स्थितीको निम्ती खतरा हुन । आफ्नो नागरिकको जीन्दगी र नोकरीको रक्षा गर्ने कार्यक्रम र प्रणाली बनाउनु हाम्रो नैतिक कर्तव्य हो । त्यसैले मेक्सीकाे  सिमानामा पर्खाल बनाउन अत्यावस्यक छ र म बनाएरै छोड्छु ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank (Detail page 2nd) Janata Bank