राष्ट्रपति ट्रम्पले गरे कंग्रेससँग सम्झौता

आइतवार, माघ १३, २०७५



न्यूयोर्क । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ३५ दिन देखी जारी झगडा स्थगित गरेका छन् । राष्ट्रपति ट्रम्पले शुक्रवार अमेरिकी सांसदहरुको साथ स्टप ग्याप फण्डिङको निम्ती तीन हप्ताको सम्झौता गरेका हुन् ।

जसले ३५ दिन देखी जारी तनाबलाई समाप्त गर्नेछ । राष्ट्रपतिको सम्झौतामा वरिष्ठ डेमोक्रेटिक सहयोगीले जनाए अनुसार मेक्सीको बोर्डरमा लगाइने पर्खालको पैसा सामिल गरिएको छैन ।

यस अघि राष्ट्रपति ट्रम्पले मेक्सीको र अमेरिका सिमा क्षेत्रमा पर्खाल लगाउन ५.७ विलियन डलर माग गर्दै आएका थिए । तीन साता पछि पर्खाल फण्डिङ विवाद नसिल्टिएमा पुन सटडाउन चर्किने संकेत राष्ट्रपतिले गरेका छन् ।

फण्डिङ प्राप्तीकै लागि राष्ट्रिय आपतकाल घोषणा हुन सक्ने ट्रम्पले जनाएका छन् । राष्ट्रपतिको पछिल्लो सम्झौताले ८ लाख संघीय कर्मचारी काममा आउन सक्ने छन् । अर्थात उनीहरुले तलब प्राप्त गर्न सक्ने छन् ।

सम्झौता पछि राष्ट्रपति ट्रम्पले भने, हामीसँग पर्खाल लगाउनुको विकल्प छैन । यदि कंग्रेस बीच सम्झौता हुन नसके १५ फ्रेब्रअरी पछि पुन सटडाउन हुनेछ ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata