राष्ट्रपति ट्रम्पको चेतावनी – राष्ट्रिय आपतकाल घोषणा गर्न नपरोस

आइतवार, पुस २२, २०७५



न्यूयोर्क । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिका- मेक्सीको सिमानामा पर्खाल लगाउने आफ्नो घोषणा फेरी दोर्याएका छन् ।
सिएनएनले जनाए अनुसार ट्रम्पले भने, पर्खाल लगाउने आफ्नो घोषणाको निम्ती आवश्यक बजेटको मन्जुरी नदिएको खण्डमा ‘हामी राष्ट्रिय आपतकाल घोषणा गर्न सक्ने छौं । साथै पर्खाल निर्माण गर्न सकने छौं । ’ मैले अहिले यो गरेको छैन । म यो भन्न सक्छु । यदि हामी बातचित मार्फत गर्न सक्ने छौं भन्ने आसामा छौं । हामी राम्रो तरिकाबाट गर्नेछौं ।

उनले भने, सिमेन्ट पर्खालको सट्टा स्टीलको विकल्पमा जान सकिनेमा विचार गरिने छ । उनले यस बारेमा विस्तृत जानकारी दिएनन् ।  पर्खाल निर्माणको निम्ती ५.६ अर्ब डलर तत्काल जरुरत छ । हामी खेलको कुरा गरिरहेका छैनौं । हामी राष्ट्रिय सुरक्षाको बारेमा कुरा गरिरहेका छौं । यो आतंकवादले सिर्जित समस्या हो ।

गत २२ डिसेम्बर देखी अहिले सम्म ८ लाख संघीय कर्मचारीले तलव भत्ता नपाएको प्रसंग कोट्याउँदै शिर्ष डेमोक्रयाट नेताहरु सँग भएको छलफल पछि सो कुरा व्यक्त गरेका हुन् । डेमोक्रेटिक पार्टीका नेता एवंम सिनेट सदस्य चक सुमरले भने, हामीहरुले राष्ट्रपतिलाई भन्यौं, सरकारको कामकाज वहाल होस । तर राष्ट्रपतिको घोषणा इन्कार गर्नेछौं ।

बढ्दै गएको गतिरोध खतम गर्न ह्वाइट हाउस र कंग्रेसको वरिष्ट अधिकारीहरु अथक प्रयासमा लागेको सिएनएनले जनाएको छ ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank (Detail page 2nd) Janata Bank