युद्ध भएमा चीन र रुससँग अमेरिकाको पराजय हुने संसदीय प्यानलको निचोड

बिहिबार, कार्तिक २९, २०७५



न्यूयोर्क । अमेरिकी संसदीय प्यानलले गत बुधबार जारी गरेको रिपोर्टमा दिएको चेतावनी अनुसार वर्तमान समयमा अमेरिका राष्ट्रिय सुरक्षा र सैन्य संकटको सामना गरिरहेको छ ।
अमेरिका विरुद्ध तत्काल युद्ध भएमा उसले चीन वा रुस सँग हार्नेछ ।

कंग्रेसले राष्ट्रिय रक्षा रणनीति आयोगलाई नयाँ जिम्मेवारी सुम्पीदै राष्ट्रपति ट्रम्पलाई राष्ट्रिय रक्षा रणनीतिको अध्ययन गर्न भनेको छ । डमोक्रेटिक र रिपब्लिक पार्टीका दर्जनौं पूर्व अधिकारी यस प्यानलमा रहने गरेका छन् । अमेरिकी सेनाको बजेट कटौती गर्दै थुप्रै सुविधा घटाएको ट्रम्प प्रशासनसँग सन्तुलन कायम गर्न चीन र रुसले सुरक्षा क्षेत्रमा बढाएको बजेट प्रति उनीहरुले चिन्ता जाहेर गरेका छन् ।

उक्त आयोगको भनाई रहेको छ, अमेरिकी सैन्य श्रेष्ठता , राष्ट्रिय सुरक्षा अत्यन्त खतरनाक अबस्थामा पुगेको छ । प्यानलले बताएको छ । अमेरिका आतंकवादको खिलाप ध्यान केन्द्रित गर्दा मिसाइल रक्षा, साइबर र अन्तरिक्ष अभियान सहितअन्य क्षेत्रमा पछाडी पर्दैछ ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank (Detail page 2nd) Janata Bank