राष्ट्रपति ट्रम्पको दावा- हाम्रो सहयोग विना फ्रान्सको अस्तित्व समाप्त हुन्थ्यो

बुधबार, कार्तिक २८, २०७५



न्यूयोर्क । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गत मंगलबार फ्रान्स प्रति तिखो हमला गरेका छन् । विगतमा घटेको त्रासदीपूर्ण दुई विश्व युद्धमा अमेरिकाले ठिक समयमा गरेको उचित सैन्य सहयोग र हातहतियार बिना फ्रान्सको अस्तित्व सम्भव थिएन् ।

केही दिन अघि फ्रान्सको राष्ट्रपति म्याक्रोनले भनेका थिए । यूरोपले आफ्नो सेना बनायो किन कि देशको रक्षाको लागि अमेरिका माथि निर्भर रहन सकिदैन् । राष्ट्रपति म्याक्रोनले जोड दिदै भनेका थिए । चीन, रुस तथा अमेरिकाबाट हुने साइबर खतराको खिलाप आफ्नो देश र यूरोपको रक्षा गर्नु पर्नेछ ।

म्याक्रोनको उक्त भनाईको जवाफ दिदैं राष्ट्रपति ट्रम्पले भने, म्याक्रोनलाई अमेरिका, चीन र रुसको विरुद्ध युरोपको सुरक्षाको निमित्त आफ्नै सेना बनाउने सुझाव दिए । तर प्रथम र द्धितीय विश्वयुद्धमा जर्मनी भारी थियो । अमेरिका आउनु भन्दा पहिला उनीहरु पेरिसमा जर्मनी भाषा सिकिरहेका थिए ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank Janata