अमेरिकी मध्यावधी निर्वाचनको आदेश: राष्ट्रपति ट्रम्पको महत्वकाँक्षामा ब्रेक

बुधबार, कार्तिक २१, २०७५



न्यूयोर्क । अमेरिकामा नोभेम्वर ६ तारिखमा सम्पन्न निर्वाचनको प्रारम्भिक नतिजा अनुसार विपक्षी डेमोक्र्याटिक पार्टीले हाउस अफ रिप्रेजेन्टिटिभमा बहुमत हासिल गरेको छ। सिनेटमा राष्ट्रपति ट्रम्पको रिपब्लिकन पार्टीले थप तीन सिट जित्दै आफ्नो बहुमत कायमै राख्दा राष्ट्रपति टम्पलाई विपक्षीसँग मिलेर काम गर्न बाध्य बनाएको छ । सम्पुर्ण मत परिणाम आउन बाँकी निर्वाचनबाट हाउसमा डेमोक्र्याटिक पार्टीको बहुमत आउने पक्का भएको अमेरिकी सञ्चार माध्यमले जनाएका छन्।

४३५ सदस्यीय सदनमा आफ्नो बहुमत कायम राख्ने राष्ट्रपति ट्रम्पको चाहानालाई अमेरिकी जनताले मन्जुरी नदिएको उक्त निर्वाचनले मुस्लिम महिलालाई उचित सम्मान गर्दै बिजयी बनाएको छ । अत्यधिक महिला , मुस्लिम र समलिङ्गीलाई समेत उचित स्थान दिंदै सम्पन्न निर्वाचनले नयाँ इतिहास निर्माण गरेको जनाइएको छ ।

अमेरिकाको संबिधान अनुसार कुनै पनि कानुन तथा बजेट अमेरिकी कंग्रेसका दुवै सदन (सिनेट र हाउस)  बाट पारित हुनुपर्छ । वर्तमान नतिजा अनुसार हाउसमा बहुमत नरहेको कारण राष्ट्रपति ट्रम्पको हात बाँधिने निस्चित भएको छ । आगामी दुई वर्ष सम्म विपक्षी डेमोक्र्याटहरुको नियन्त्रणमा रहेको हाउसको समर्थन लिनु उनको बाध्यता हुनेछ ।

सन २०१६ को निर्वाचनको अभियान रुसी ह्याकर बाट मत परिणाम माथी प्रभाब पारेको , विगतमा अनुपयुक्त तरिकाले कर फिर्ता गरेको , ट्रम्पको कर नीति र ब्याजको संभाबित व्यावसायिक संघर्ष बढने अनुमान निर्वाचन परिणाम सँगै गरिन थालेको छ । एक पक्षिय शासनको अन्त गरिएको जनादेशलाई राष्ट्रपति ट्रम्पले स्वीकार गर्न बाध्य हुँदा उनको महत्वकाँक्षामा ब्रेक लाग्ने अनुमान गरिएको छ ।

217 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank (Detail page 1st) Janata Bank (Detail page 2nd) Janata Bank