राष्ट्रपति ट्रम्प पछी हटे , भने गोली चलाउँदैनौं

आइतवार, कार्तिक १८, २०७५



वाशिंगटन ।  अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प आफ्नो शुक्रवारको घोषणा बाट पछी हटेका छन । शुक्रबार देशको दक्षिण सिमानामा शरणार्थीले देखाएको व्यावहारलाई लिएर उनले भनेका थिए ।

शरणार्थीले सेना माथी पत्थर फ्याँके सेनाले त्यसलाई राइफल फ्याँकेको सम्झने छ । मेक्सिको सिमानामा तीन दिन अघी शरणार्थीले मेक्सिकन सेना माथी पत्थर फ्याँकेको घटना पछी उनी कडा प्रतिकृया दिंदै थिए । यदी शरणार्थीले अमेरिकी सेनामाथी पत्थर फ्याँके उनीहरु माथी गोली चलाउने राष्ट्रपति ट्रम्पको घोषणा सँगै राजनैतिक प्रतिदवन्दी र मानव अधिकारवादी संगठनले उनको चर्को आलोचना गरेका थिए । यस्तो अनुमान गरिएको छ कि तीन ल्याटिन अमेरिकी देश  एल साल्वाडोर,  होण्डुरस र  ग्वाटेमाला बाट ५०००-७००० शरणार्थीको लस्कर अमेरिका प्रबेश गर्ने कोशीष गरिरहेका छन ।

शरणार्थीको लस्करलाई रोक्न राष्ट्रपति ट्रम्पले दक्षिण-पश्चिम सिमानामा सेनालाई तैनाथ गरेका छन । जबर्जस्ती अमेरिका प्रबेश गर्न चाहाने लस्कर माथी के सेनाले गोली चलाउने छ ? भन्ने पत्रकारको सवालमा राष्ट्रपति ट्रम्पले भने , हामी गोली चलाउँदैनौं । म चाहान्न । उनीहरु हामी माथी पत्थर फ्याँकुन । उनले जोड दिंदै भने । उनीहरुले तीन दिन अघी मेक्सिकन सेना माथी जुन व्यावहार गरे । त्यो अपमानजनक थियो । उनीहरुले सेना माथी पत्थर फ्याँके । अनुहारमा चोट पुर्याए । यदी त्यस्तो घटना हामी माथी गरिए । हामी उनीहरुलाई गिरफ्तार गर्नेछौं । यसको मतलब यो होइन कि हामी उनीहरु माथी गोली हान्ने छौं । हामी गिरफ्तार गर्छौ । लामो समयको निम्ती गिरफ्तार गर्छौं ।

राष्ट्रपति ट्रम्प आफ्नो शासकीय आदेश मार्फत शरणार्थी नियम बदल्न चाहान्छन । पूर्वराष्ट्रपति बाराक ओबामाले शरणार्थीहरुलाई अमेरिका प्रवेश रोक्न हजारौ अमेरिकी सैनिकलाई मेक्सिको सिमानामा पठाउने ट्रम्प आदेशलाई राजनैतिक तमासा बताए । ट्रम्पको पछिल्लो निर्णय पछी शान्तीको लागी नोबल पुरस्कार प्राप्त गरेकी मलाला यूसुफजइले समेत विरोध गरेकी छिन । उनले भनिन । शरणार्थीको बारेमा राष्ट्रपति ट्रम्पको आदेशले धेरै दुखी छु । मलालाले राष्ट्रपति ट्रम्पसँग अनुरोध गरेकी छिन । दुनियाको सबै भन्दा असुरक्षित मानिसलाई एक्लै नछोडनुस । पाकिस्तानमा युवतीको लागी खुलेर शिक्षाको  वकालत गर्ने १९ बर्षीया मलालालाई सन २०१२ मा तालिबानी  बिद्रोहीहरुले टाउकोमा गोली हानेका थिए ।

मलालाले भनिन , म अत्यन्त दुखी छु , राष्ट्रपति ट्रम्प हिंसा र युद्धग्रस्त देश छोडेर भागिरहेका बच्चा , आमा र बुवाको लागी ढोका बन्द गरिरहेका छन । यी मानिसहरु तपाईको देशलाई अगाडी लानको निम्ती कडा मेहनत गर्न तयार छन । अमेरिकी मिडियाले चुहाएको नयाँ ड्राफ्ट अनुसार नयाँ कार्यक्रम लागु नभए सम्म कम्तिमा १२० दिन राष्ट्रपति ट्रम्पको योजना स्थगित गरिने छ । यसको साथै सिरियाई शरणार्थीहरुलाई अमेरिका प्रबेशमा रोक लगाइने छ ।

189 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank Janata Bank Janata Bank