अमेरिका प्रवेश गर्ने आप्रवासीका निम्ती झनै कडा बन्दै राष्ट्रपति ट्रम्प

शुक्रबार, कार्तिक १६, २०७५



न्यूयोर्क । राष्ट्रपति ट्रम्पले भने,आप्रवासीले हाम्रो सेना माथि पत्थर फ्याँके अमेरिकी सेनाले त्यसलाई र।इफल मान्ने छ । आप्रवासीलाई अमेरिका प्रवेशमा रोक लगाउने मामिलामा अत्यन्त अनुदार बन्दै गएका राष्ट्रपति ट्रम्पले हवाइट हावसको रुजवेल्ट कक्षमा संवाददाता सँग भने, हामी सँग अन्य कुनै विकल्प छैन ।

हामी हाम्रो सिमाको रक्षा र देशको पनि रक्षा गर्नेछौं । कुनै पनि राष्ट्रले अनियन्त्रीत मानिसलाई देश भित्र प्रवेश गर्ने अनुमति दिन सक्दैन । हामी पनि यस्तो  गर्न सक्दैनौं ।
राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिका प्रवेश गर्ने आप्रवासीलाई एक कानुन अन्तरगत ल्याउने बताएका छन् । तपाईहरुले तीन दिन अगाडि देख्नु भयो । अमेरिका प्रवेश गर्ने कला । हामी त्यसमा सहभागी हुँदैनौं ।

आप्रवासीले मेक्सीको सेना माथि पत्थर फ्याँक्दै चोट पुर्याएको प्रति ट्रम्पको संकेत थियो । उनी थप्दै थिए । अमेरिका र मेक्सीको सिमानामा देखिने आप्रवासी लस्कर एक आक्रमण जस्तै बनिरहेको छ । हाम्रो दक्षिणको सिमानामा संकट छ । संकट जन्माइएको छ । यस्तो खतरनाक स्थिती हाम्रो निम्ती झनै खतरनाक बन्दैछ ।

नोभेम्बर ६ तारिखको चुनावलाई लक्षित गर्दै आप्रवासन नीतिमा कडा गर्ने अभिव्यक्ति दिएका छन् ।

154 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank Janata Bank Janata Bank