अब जन्मको आधारमा अमेरिकी नागरिकता नपाइने !

बुधबार, कार्तिक १४, २०७५



अमेरिका । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले नागरिकता सम्बन्धी कानुन परिवर्तन गर्न गइरहेको खुलासा गरेका छन्  । विगत लामो समय देखी अमेरिकामा संसारबाट बसोबासका निम्ती मानिसहरु आउने क्रम बढेसँगै नयाँ कदम चाल्ने आंकलन गरिएको छ ।

अमेरिका गैर नागरिक वा अबैध आप्रवासी मार्फत जन्मने बच्चालाई जन्मने आधारमा अमेरिकी नागरिकता प्रदान गरिने कानुन परिवर्तन गर्नै सोच राष्ट्रपति ट्रमले बनाएका छन् ।
अमेरिकी संविधानको १४ औं संशोधन पछि अमेरिकामा जन्मने सम्पूर्ण बच्चाले स्वत नागरिकता पाउने प्रावधान रहेको छ । अमेरिकामा हुन गइरहेको निर्वाचन अघि मतदातालाई प्रभाव पार्ने राष्ट्रपति ट्रमले जन्मको आधारमा नागरिकता प्राप्त गर्ने संबैधानिक प्रावधान हटाइने टिप्पणी गरेका हुन् ।

जन्मको आधारमा प्राप्त गर्ने बच्चाको संबिैधानिक अधिकार खोस्न सकिएको खण्डमा रिपब्लीकन सदस्यहरुमा नयाँ उर्जा प्राप्त हुनेछ । जसले संसदमा आफ्नो नियन्त्रण बनि राख्नेछ । बर्थराइट सिटिजनसिपलाई समाप्त गर्ने ट्रम्प चाहानालाई अमेरिकी अदालतमा चुनौती दिन सक्ने सम्भावना माथि ट्रम्प समर्थक छलफल गर्नेछन् । अमेरिकी वर्तमान कानुनले कुनै पनि बच्चालाई जन्मको आधारमा अमेरिकी नागरिकता पाउने अधिकार दिइएको छ । चाहे ती बच्चाका आमा बुबा अबैध प्रवासी नै किन नहुन ।

अमेरिकी संविधानको खिलाप उठाइने कदमको बारेमा सोधिएका प्रश्नको जवाफ दिदैं राष्ट्रपति ट्रम्पले भने, म यसलाई लागु गर्न सक्छु। केबल एक कार्यकारी आदेशबाट । उनी यसबाट प्रस्ट छैनन कि यो काम कति छिटो फत्ते गर्न सकिन्छ ।

149 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank Janata Bank Janata Bank