भारतीय निमन्त्रणा राष्ट्रपति ट्रम्पद्वारा अस्विकार

आइतवार, कार्तिक ११, २०७५



नयाँ दिल्ली ।  अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारतको गणतन्त्र दिवस समारोहको मुख्य अथिती बन्न अस्विकार गरिदिएका छन् ।  ह्वाइट हाउसको प्रेस सेक्रेटरी सारा स्यानर्डसले अगस्टमा भनेकी थिइन् राष्ट्रपति ट्रम्पलाई निमन्त्रणा मिलेको मलाई थाहा छ तर अस्विकार गरिदिएको जानकारी छैन् ।

दिल्ली स्थित अमेरिकी दुतावासले जनाए अनुसार राष्ट्रपति ट्रम्पको आवागमनको बारेमा सिर्फ ह्वाइट हाउसले मात्र बताउन सक्छ । यस अघि भारतीय गणतन्त्र दिवशको अवसरमा पूर्व राष्ट्रपति वाराक ओवामा भारतकोे प्रमुख अथिती बनिसकेका छन् । भारतीय सरकारको निमन्त्रणालाई राष्ट्रपति ट्रम्पले अस्विकार गर्नुले अमेरिका र भारतको सम्बन्ध चिसिएको राजनैतिक विश्लेषकहरुको राय छ ।

अमेरिकाको प्रस्तावलाई भारतले अस्विकार गर्दै इरानसँग तेल किन्ने फैसलापछि ट्रम्प प्रशासन भारतसँग रुष्ट्र बन्दै आइरहको थियो । अघिल्लो महिना रुस सँग हवाई रक्षा प्रणाली एस ४०० किन्ने फैसलालाई अत्यन्त सावधानी पूर्वक समिक्षा गरिरहेको ट्रम्प प्रशासनले भारतलाई उचित समयमा जवाफ दिने बताइसकेको छ ।

207 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank Janata Bank Janata Bank