अमेरिकी समर्थन विना साउदी राजा नटिक्ने !

बुधबार, अशोज १७, २०७५



अमेरिका । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गत मंगलबार मिसिसीपीको एउटा र्यालीमा भने, साउदी राजा अमेरिकी समर्थन विना दुई हप्ता टिक्दैनन् ।

अमेरिकी सेना तपाईको रक्षा गर्नेछ । अमेरिकाको समर्थन विना राजा टिक्ने छैनन् । हामी साउदी अरवको रक्षा गर्छाैं । के तपाई भन्नुहुन्छ उनी राजा छन् । मलाई राजा सलमानसँग प्रेम छ । तर मैले राजालाई भने, हामीले तपाईको रक्षा गरिरहेका छौं । हुनसक्छ तपाई हामी विना दुई हप्ता टिक्न सक्नुहुन्न । तपाईले हाम्रो सुरक्षाको भुक्तान गर्नुपर्नेछ । राष्ट्रपतिले र्यालीमा जय जयकार गर्न भने ।

साउदी समाचार एजेन्सी एसपीएको मुताविक तेल बजार स्थिरता र आर्थिक विकास सुनिश्चित गर्न आपूर्ति व्यवस्था बनाई राख्ने विषयमा चर्चा गर्दै शनिबार राजा सलमानसँग ट्रम्पले सम्बाद गरे ।

साउदी राजकुमार विन सलमानले पछिल्लो सप्ताहको अन्तमा कुवेतका नरेस शेख सवा अल अहमद अल जबर अल सबाको साथ कुरा गर्न कुवेत यात्रा गरे । जुन तेल उत्पादन बृद्धिसँग सम्बन्धीत थियो ।

पछिल्लो महिना न्यूओर्कमा संयुक्त राष्ट्र संघ महासभामा बोल्दै भनेकी ओपेक सदस्य राष्ट्रहरु बाँकी हिस्सामा सामान्य रुपमा चिप्लीरहेका छन् ।

तेलको मुल्य बढीरहेको छ । वर्तमानमा एक व्यारल कच्चा तेलको मुल्य ७५ डलर पुगिसकेको छ । जुन पछिल्लो साल यहि समयमा ५० डलर थियो ।

कठोर शब्दको वावजुद ट्रम्प प्रशासन र साउदी अरबबीच घनिष्ट सम्बन्ध रहँर्दै आएको छ । जुन ईरानको महत्वकांक्षाको अगाडि बाध्यकारी बन्दैछ । ट्रम्पले भने, हामी यी देशकबाट केही चाहदैनौं । फेरी उनीहरु तेलको मुल्य लिएर लाभ उठाउँदै छन् । हामी चाहन्छौं, मुल्य बढाउन बन्द गर्नुहोस । मुल्य घटाउन शुरु गर्नुहोस ।

साउदीमा उपस्थित अमेरिकी सेनाको विरोध गर्ने मुस्लिम देशहरुको कारण ट्रम्पले उक्त कुरा बताएका हुन् ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank Janata