आफुमाथि महाअभियोग चलाए अमेरिकी अर्थव्यवस्था ढल्ने !

शुक्रबार, भदौ ८, २०७५



वासिङ्टन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले  विहिबार एक साक्षात्कार कार्यक्रममा भाग लिए । साक्षात्कार कार्यक्रममा बोल्दै उनले दाबी गरे यदि आफु माथि महाअभियोगको कार्वाही चलाए अमेरिकी बजार र अर्थब्यवस्था ढल्नेछ ।

फक्स एण्ड फ्रेन्डस कार्यक्रममा खुलेर प्रस्तुत भएका राष्ट्रपति ट्रम्पले जोड दिदैं भने आफु माथि महाअभियोग चलाईए सम्पूर्ण अमेरिकी जनता यति गरिव हुनेछन् कि तपाई सोच्न पनि सक्नुहुन्न ।

अमेरिकी अभियान वित्तिय कानुनको उल्लघन गरे वापत राष्ट्रपतिलाई हदै सम्मको कार्वाही गर्न माग गर्ने  पूर्व अटर्नि माइकल कोहेनको जवाफ दिदै थिए ।

आफु माथि बढ्दै गरेको कानुनी चिन्तालाई छल्न बजार र अर्थव्यवस्थाको सहारा लिदै थिए ।  रोजगारी सिर्जना र आर्थिक प्रगतीलाई घुमाउरो भाषामा आफुले मात्रै राम्रो गर्न सक्ने भन्दै हिलारी क्लिन्टनले जितेको भए अहिलेको अमेरिका झनै खराव हुने धारणा व्यक्त गरे ।

राष्ट्रपति ट्रपले भने म बुझ्न सक्दिन कि तपाईहरु कसरी एक यस्तो व्यक्ती माथि महाअभियोग चलाउन सक्नुहुन्छ ? जसले यस्तो सानदार काम गरेको छ ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank Janata