त्रिशुलीमा ट्रक खस्दा सहचालक बेपत्ता, चालक घाइते

शनिबार, असार २८, २०७६



चितवन । पृथ्वी राजमार्गअन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका-५ स्थित नाग्दी खोलाबाट ट्रक त्रिशूली नदीमा खस्दा सहचालक बेपत्ता भएका छन् भने ट्रक चालक घाइते छन् । रुपन्देहीको भैरहवाबाट दाना बोकेर काठमाडौं जाँदै गरेको ना ४ ख १७९६ नम्बरको ट्रक गएराति करिब साढे १ बजे त्रिशूलीमा खसेको प्रहरीले जनाएको छ ।

दाङ घोराही बस्ने २५ वर्षीय अनिल गुरुङ(सहचालक) बेपत्ता भएका हुन् भने  ललितपुर बस्ने ४६ वर्षीय माधव थापामगर(चालक) घाइते भएका छन् ।उनको पुरानो मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ ।

ट्रक पूरै पानीमा डुबेको र नदीमा बाढी आएका कारण उद्धारमा समस्या भएको प्रहरीले जनाएको छ ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank Janata