टिपर दुर्घटना हुँदा चालकसहित दुई व्यक्तिको मृत्यु

बुधबार, कार्तिक २७, २०७६



पाँचथर । पाँचथरको हिलिहाङ गाउँपालिकामा टिपर दुर्घटना हुँदा चालकसहित दुई व्यक्तिको ज्यान गएको छ । हिजो(मंगलबार) राति करिब साढे ८ बजे हिलिहाङ–४, सालिङ्गेमा मध्यपहाडी लोकमार्ग निर्माणमा प्रयोग हुँदै आएको टिपर सडकबाट करिब ५० मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ ।

बा २ क २९२० नम्बरको टिपर नियन्त्रण गुमाएर पल्टिएको हो ।  जिल्ला अस्पताल ल्याइएको प्रहरीले जनाएअनुसार दुर्घटना भएको टिपर घटनास्थलमै रहेको र दुवै शव पोस्टमार्टमका लगिएको छ ।

टिपर पल्टिँदा दुई जनाको घटनास्थल मै मृत्यु भएको प्रहरीले जनाएको छ । टिपर चालक धादिङका २५ वर्षीय विनोद तामाङ र टिपरमा सवार पाँचथर हिलिहाङ–१ का २३ वर्षीय भिम तामाङको मृत्यु भएको हो ।
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata