वेरोजगार यूवालाई स्वदेशमै रोजगारी सिर्जना गछौं: मुख्यमन्त्री भट्ट

बुधबार, बैशाख १२, २०७५



कैलाली। प्रदेश-७ का मुख्यमन्त्री त्रिलोचन भट्टले आफ्नो कार्यकालमा वेराजगार यूवाहरलाई स्वदेशमै रोजगारको सिर्जना गर्ने बताएका छन् ।

सुदूरपश्चिमेली नेपाली समाज– भारत समितिको प्रथम महाधिवेशन बुधबार शुभारम्भ गर्दै उनले आफ्नो कार्यकालमा धेरै काम गर्न नसकिए तापनि रोजगारीका लागि भारत जाने बेराजगार नेपाली युवाको जमातलाई स्वेदेशमै रोजगारीको व्यवस्थापन गर्न आवश्यक कदम चालिनेमा जोड दिए ।

देशलाई समृद्धिको बाटोमा अगाडि बढाउनका लागि स्वदेशमै श्रम र मिहेनत गर्नु पर्नेमा जोड दिंदै मुख्यमन्त्री भट्टले प्रदेश -७ लाई सफल बनाउन प्रवासी नेपालीको पनि अहम भूमिका रहने चर्चा गरे ।

प्रवासी नेपालीसंग सहकार्य गर्न प्रदेश सरकार तयार रहेको बताउदै मुख्यमन्त्री उनले भने, “यो चौकीदारलाई सफल पार्नका लागि तपार्इंहरुले पनि साथ दिनु पर्दछ र साथको लागि आग्रह गर्दछु ।”

समितिका संयोजक दीपक प्रकाश मल्लले बेरोजगारको समस्या समाधानका लागि स्वदेशमै रोजगारको व्यवस्था गर्नु आवश्यक रहेको बताए ।

141 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank janata bank(nari) Janata Bank