ट्रम्पका सल्लाहकार हिक्सले दिइन राजीनामा

बिहिबार, फाल्गुन १७, २०७४



फागुन । अमेरिका राष्ट्रपति डोनाल्ड ट्रम्पका सल्लाहकार होप हिक्सले राजीनामा दिने घोषणा गरेकी छन् ।

ह्वाइट हाउसको सञ्चार निर्देशक समेत रहेकी उनले ट्रम्पलाई कुनै पनि शब्दमा धन्यवाद व्यक्त गर्न नसक्ने बताएकी छन् ।

राष्ट्रपति ट्रम्पको पक्षमा झुटो बोलेको स्वीकार गरेका विवरणसँग यो राजीनामा नजोडिएको प्रतिक्रिया हिक्सले दिएकी छन् ।

राष्ट्रपति ट्रम्पले होप हिक्सलाई साँच्चिकै असल मानिस भन्दै अभाव खट्किने बताएका छन् ।
२९ वर्षीया होप हिक्स पूर्व मोडेल तथा ट्रम्प अर्गानाइजेसनकी पूर्व कमर्चारी समेत हुन्।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments