पहिलो पटक ट्रान्सजेण्डर महिलाले पाइन ड्राइभिङ लाइसेन्स

बुधबार, मंसिर १२, २०७५



पाकिस्तान । पाकिस्तानको यातायात अधिकारीले देशको इतिहासमा पहिलो पटक ट्रान्सजेण्डर महिलालाई ड्राइभिङ लाइसेन्स उपलब्ध गराएको जनाएको छ । पाकिस्तानी पत्रिका डनको रिपोर्टमा बताइए अनुसार इस्लामावाद ट्राफिक प्रहरीले लैला अलीलाई लाइसेन्स दिएको हो ।

करिब १५ बर्ष देखी बिना लाइसेन्स सवारी साधन हाँकी रहेकी महिला लैला अलिले लाइसेन्स प्राप्त गरेसँगै अत्यन्त हर्सित भएकी छिन् ।  लामो समय देखी ट्रान्सजेण्डर समुहको मागलाई हेरिरहेका प्रहरी प्रमुखले केही समय पहिला आश्वस्त पार्दै भनेका थिए । उनीहरुको समस्या छिट्टै सम्बोधन गरिने छ ।

वर्तमान समय पाकिस्तानमा करिब ५ लाख ट्रान्सजेण्डरहरु रहेको अनुमान गरिएको छ । गत मे महिनामा पाकिस्तानी संसदले ट्रान्सजेण्डर पर्सनल एक्ट पारित गरेको थियो । जस अन्तरगत उनीहरुको सुरक्षा र अधिकारको ग्यारेन्टी सुनिश्चित गरिएको छ ।

156 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank Janata Bank Janata Bank