सरस्वती पुजाको अबसरमा सेनाद्वारा पुस्तकालय हस्तान्तरण

सोमवार, माघ २८, २०७५

- पदम राज भट्ट



कञ्चनपुर । नागरिक–सैनिक सम्वन्ध सुदृढिकरणका लागि नेपाली सेनाले आइतबार सरस्वती पुजाको दिन पारेर विद्यालयलाई पुस्तकालय बनाएर हस्तान्तरण गरेको छ । सेनाको भगतपुर ब्यारेकस्थित सिंहशार्दुल गुल्मले कञ्चनपुरको पुर्नबास नगरपालिका–१ मा रहेको शान्ति माध्यमिक विद्यालयमा पुस्तकालय हस्तान्तरण गरेको हो ।

पुस्तकालयलाई पुर्नबास नगरपालिकाका नगरप्रमुख जीवनराज थापाले उद्घाटन गर्दै पढाई लेखाईवाट नै मनोभावना लगायत कुरा मा परिवर्तन ल्याउने हुनाले सेना गरेको कार्य ले विद्यार्थी को जीवनस्थर मा टेवा पुग्ने वताएका छन् ।

नगरपालिका ले गनुपर्ने काम व्यारेक वाट भएको प्रति खुसी व्यक्त गर्नुहुदै नगर प्रमुख थापा ले आउदा दिनमा सेना संग काम गर्न नगरपालिका सहकार्य समन्वय गर्ने ईच्छुक रहेको उनले वताए ।  टोलकै नामबाट ‘अंशुबर्मा पुस्तकालय’ पुस्तकालय स्थापना गरिएको सिंहशार्दुल गुल्मका गुल्मपति सेनानी बिदुरध्वज अधिकारीले जानकारी दिए । पुस्तकालयका लागि आवश्यक पुस्तक खरिद र सहयोगबाट प्राप्त गर्नुका साथै फर्निचरको समेत सेनाले व्यवस्था गरेको छ ।

‘ सेनाले नागरिकसितको सम्वन्ध थप स्थापित गर्न विभिन्न् सामाजिक काम गर्दै आएको छ ।’ गुल्मपति सेनानी अधिकारीले भने,‘विभिन्न सार्वजनिक सम्पतिको मर्मत सम्भार, निःशुल्क स्वास्थ्य शिविर लगायतका काम गरियो ।’

त्यसैगरी सोही कार्यक्रममा विद्यालयले सेनालाई अभिनन्दन समेत गरेको छ । विद्यालयका तर्फबाट गुल्मपति अधिकारीलाई सम्मानपत्रसहित अभिनन्दन गरिएको हो ।
कार्यक्रममा पुर्नबास नगरपाकिला–१ का वडाध्यक्ष प्रतावबहादुर चन्द, विद्यालयका प्राधानाध्यापक राजेन्द्र रोकाया लगायतको सहभागिता रहेको थियो

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank (Detail page 2nd) Janata Bank