ट्रम्पले गरे महान्यायाधिवक्ता बर्खास्त

बिहिबार, कार्तिक २२, २०७५



काठमाडौं । मध्यावधी चुनावमा धक्का खाइरहेका अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले देशका महान्यायाधिवक्ता जेफ सेसन्सलाई पदबाट बर्खास्त गरेका छन्। बुधवार ट्वीट गर्दै ट्रम्पले भनेका छन्, ‘हामी महान्यायाधिवक्ता जेफ सेसन्सलाई धन्यवाद दिन चाहन्छौँ र उनको राम्रो होओस् भन्ने कामना गर्दछौँ।’

ह्वाइट हाउसलाई चिन्तित बनाएको अमेरिकी चुनावमा रुसको हस्तक्षेपसम्बन्धी अनुसन्धान प्रक्रियाबाट आफूलाई अलग्ग्याएपपछि कानून कार्यान्वयन गराउने उच्च अधिकारी सेसन्सको ट्रम्पले पटक(पटक आलोचना गर्दै आएका थिए।

तत्कालका लागि सेसन्सको स्थान उनका वरिष्ठ सहयोगी ुचिफ अफ स्टाफु म्याथ्यु ह्वीटेकरले लिनेछन्।सन् २०१६ को अमेरिकी राष्ट्रपतीय चुनावमा मस्कोको आरोपित हस्तक्षेपबारेको अनुसन्धानको ह्वीटेकरले आलोचना गर्दै आएका छन्। राजीनामापत्रमा सेसन्सले महान्यायाधिवक्ता पद छाड्ने निर्णय आफ्नो नभएको स्पष्ट पारेका छन्।

173 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank (Detail page 1st) Janata Bank (Detail page 2nd) Janata Bank