दक्षिण अफ्रिकामा रेल दुर्घटना- तीनको मृत्यु ६४१ घाइते

बुधबार, पुस २५, २०७५



प्रिटोरिया । दक्षिण अफ्रिकाको राजधानी प्रिटोरियामा रेल दुर्घटना भएको छ । दुर्घटनामा दुई यात्रुवाहक रेल एक आपसमा ठक्कर खाँदा तीनको मृत्यु भएको छ भने ६४१ घाइते भएका छन् ।

दुर्घटनालाई लिएर आपत सेवा विभागका प्रवक्ता चाल्र्स मबासोले भने, रेल दुर्घटनामा अकल्पनिय क्षती भएको छ । ३ व्यक्तिको निधन भएको छ । थुप्रै मानिसहरको अवस्था अज्ञात छ । सयौं घाइतेहरुको नजिकका अस्पतालमा उपचार भइरहेको छ ।

मृतकको संख्या बढ्न सकने छ । घटनाको बारेमा विस्तृत विवरण प्राप्त नभएको, उद्दार र अनुसान्धन जारी रहेको प्रहरीले जनाएको छ ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank (Detail page 2nd) Janata Bank