सीमान्चल एक्सप्रेस रेल दुर्घटना, सातको मृत्यु

आइतवार, माघ २०, २०७५



वैशाली । भारतको वैशालीमा आइतबार विहान ३ बजेर ५२ मिनेट जाँदा सिमान्चल एक्सप्रेस रेल दुर्घटना भएको भारतीय सुरक्षा अधिकारीले जनाएका छन् ।
घटना पश्चात वैशाली जिल्ला अधिकारी र प्रहरी प्रमुख घटनास्थल पुगेका छन् ।

प्रहरी र रेल प्रशासनले राहात र बचाउ कार्यमा खटिरहेको प्रहरी प्रमुख मानवजीत सिंह ढिल्लोले मिडियालाई बताए । राजकीय रेल प्रहरी अधिक्षक सन्जय कुमार सिंहले दुर्घटनामा सात जनाको ज्यान गएको पुष्टि गरे । साथै २४ मानिसहरु गम्भीर घाइते भएको जनाए ।

गुडिरहेकाे वैशाली सीमान्चल एक्सप्रेस रेलको ११ डिब्बा लिकबाट उछिट्टदा डिब्बा भित्र रहेका यात्रुको निधन भएको हो । बरौनी-बछवरा- हाजिपुर सिंगल रेल लाइनमा दौडिरहेको सीमान्चल एक्सप्रेस रेल कसरी दुर्घटना भयो ? अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

घटना पश्चात केन्द्रीय रेल मन्त्री पीयुस गोयलले ट्वीट मार्फत मृतकलाई ५ लाख र घाइतेलाई एक लाख आर्थिक सहयोग तत्काल दिने घोषणा गरेका छन् ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata