भिआइपीको सवारीमा किन निभ्छ ट्राफिक बत्ती ?

शनिबार, चैत्र १७, २०७४



काठमाडौं । नयाँ प्रविधि जडानसहित बल्न थालेका ट्राफिक बत्ती भिआइपीको सवारी हुँदा भने सधैं निभ्ने गरेको ट्राफिक प्रहरीले जनाएको छ । बत्ती बल्न थालेको भोलिपल्ट दरबारमार्ग, नयाँ बनेश्वर र नारायणगोपाल चोकमा ट्राफिक बत्ती निभाएरै बाटो खाली गराइएको थियो ।

राष्ट्रपति र प्रधानमन्त्रीको औपचारिक सवारी हुँदा बत्ती पनभाउनु परेको महानगरीय ट्राफिक महाशाखाका प्रवक्ता उमेश रंजितकारले बताए ।

बत्ती बन्द नगरी सडक खाली गर्न नसकिने भएकाले यस्तो गर्नुपरेको उनले बताए । नागरिक दैनिक

95 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank janata bank(nari) Janata Bank