हेल्मेट विना मोटर साइकलको यात्रा गर्न नपाईने

आइतवार, जेष्ठ ५, २०७६



काठमाडौं । महानगरीय ट्राफिक प्रहरी महाशाखाले ट्राफिक महाशाखाले मोटरसाइकलको यात्रा गर्दा अनिवार्य हेल्मेट लागउनु पर्ने योजना अघि सारेको छ ।

सडक दुर्घटनालाई मध्यनजर गर्दै मोटरसाइकलको पछाडी बस्नेले समेत अनिवार्य रुपमा हेल्मेट लगाउनु पर्ने प्रावधान ल्याउन लागिएको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ ।

महाशाखाले आइतबार पत्रकार सम्मेलनको आयोजना गर्दै मोटरसाइकलमा सवार दुवै जनाले अन्तर्राष्ट्रिय गुणस्तर चिन्ह प्राप्त हेल्मेट अनिवार्य लगाउनु पर्ने जनाएको छ ।

त्यस्तै ट्राफिक लाइट थप गर्ने  र व्यवस्थापन गर्ने, उपत्यकाका सम्पूर्ण ठाउँमा पिक एण्ड ड्रपको व्यवस्थापन गर्ने, करिडोरहरु सञ्चालन गर्ने योजना रहेको ट्राफिक प्रहरी प्रमुख एसएसपी वसन्त पन्तले जानकारी दिए । उनका अनुसार ट्राफिक नियमको उलंघन गर्नैले अनलाइन मार्फत जरिवाना तिर्ने व्यवस्था ल्याउन लागेको समेत जनाएको छ ।

इ-चलानीमार्फत नियम उलंघन गर्ने चालकलाई चिट थमाइने पनि एसएसपी पन्तले बताए ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank Janata