ट्रेड युनियन कांग्रेसमार्फत देउवालाई पौडेलको पछिल्लो झापड !

शनिबार, असार २, २०७५



काठमाडौँ । नेपाली कांग्रेसमा विभिन्न गुट उपगुट भएपनि मुख्य रुपमा दुई गुट नै छन् । एउटा गुटको नेतृत्व स्वयं सभापति शेरबहादुर देउवाले गरेका छन् भने अर्को गुटको नेतृत्व वरिष्ठ नेता रामचन्द्र पौडेलले गरेका छन् । यसको पछिल्लो उदाहरण ट्रेड युनियन कांग्रेसको छैठौँ महाधिवेशनमा देखियो ।

पार्टीको महाधिवेशनमा फरक–फरक गुट बनाएर मैदानमा होमिएका पौडेल र कृष्णप्रसाद सिटौला ट्रेड युनियन निर्वाचनमा भने एक भएर उभिए । जसको परिणाम देउवा पक्षीय प्यानललाई पुरै पराजित गर्न सफल भए ।

trade-union-congress

पौडेल पक्षका अध्यक्ष पुस्कर आचार्य सहित १७ वटै पदाधिकारीमा पौडेल पक्ष विजयी भयो । ४६ केन्द्रीय सदस्यमा देउवा पक्षका एक जना मात्रै (ध्रुवचन्द्र गौतम) निर्वाचित भए । आचार्यले ८ सय १८ मत ल्याउँदा देउवा पक्षमा खिलानाथ दाहाल ५ सय ३३ मतमा सीमित भए ।

वरिष्ठ उपाध्यक्षमा महेन्द्रप्रसाद यादवले ६६८ मत ल्याए भने अयोध्याप्रसाद यादवले ५६७ मत पाए ।

सभापति देउवालाई आन्तरिक राजनीतिमा एकपछि अर्को झट्का लागेको छ । कांग्रेसको भगिनी संस्था शिक्षक, कर्मचारी र इन्जिनियर संगठनमा पनि देउवा पक्ष पराजित भएको थियो । राष्ट्रिय राजनीतिमा कांग्रेसलाई कमजोर बनाएको आरोप लागिरहेको बेला पार्टी भित्र पनि देउवा एक्लिदै गएका हुन् ।

625 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank janata bank(nari) Janata Bank