ट्याक्टर दुर्घटनामा तीन विद्यार्थीको मृत्यु

बुधबार, असार ११, २०७६



अछाम । अछामको चौरपाटी गाउँपालिका वडा नंम्बर ३ शोकटस्थित कोलगैरामा आज(बुधबार) बिहान ट्याक्टर दुर्घटना हुँदा तीन विद्यार्थीको मृत्यु भएको छ । बुधबार से १ त ७८३९ नम्बको ट्याक्टर दुर्घटना हुँदा तीन जनाको मृत्यु र चार जना घाइते भएका हुन् ।

ट्याक्टर दुर्घटना हुँदा तीन विद्यार्थीको मृत्यु

मृत्यु हुने चौरपाटी गाउँपालिका वडा नम्बर २ का दशपल्ले माविबाट यस वर्ष एसई परिक्षा दिएका रमेश साउद, दशमल्ले माध्यामिक विद्यालयमा कक्षा ९ मा अध्ययनरत लक्ष्मी साउद र कक्षा ८ मा अध्ययनरत काली साउँद रहेको दशपल्ले माविका शिक्षक लोकबहादुर बोगटीले जानकारी दिएका छन्  ।

ट्याक्टर चालक भने हाम फालेर ज्यान जोगाउन सफल भएका छन् । घाईते ४ जनालाई अस्पताल पठाइएको छ ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank Janata